• होमपेज
  • सुचना प्रबिधी
  • आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

  • बुधबार, पुस २३, २०८२
आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु लागेको छ । दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो निरन्तर देखिने छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहेर अन्य भागमा मौसम सफा रहनेछ। तराईका क्षेत्रमा रातिसम्म नै हुस्सु कायम रहनेछ ।

उपत्यकामा तुवालोले मौसम खराब भएको छ । प्रदूषणका कारण अत्यावश्यक काम नभएसम्म घरबाहिर ननिस्कन अनुरोध गरिएको छ । तराई भागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन कष्टकर बनेको छ । मौसम प्रतिकुल रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार