• होमपेज
  • बडिमालिका
  • बाजुरामा ७७ वटा मतदानस्थल, कुन स्थलमा कति मतदाता ?

बाजुरामा ७७ वटा मतदानस्थल, कुन स्थलमा कति मतदाता ?

  • मङ्लबार, पुस २२, २०८२
बाजुरामा ७७ वटा मतदानस्थल, कुन स्थलमा कति मतदाता ?

बाजुरा—आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा ७७ वटा मतदानस्थल कायम भएका छन् । एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा आगामी निर्वाचनका लागि ७ वटा मतदानस्थल थपिएका हुन् ।

त्यस्तै जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ वटा मतदान केन्द्र थप भएसँगै एक सय १८ वटा मतदान केन्द्र कायम भएका छन् । यस्तै निर्वाचन आयोगले अद्यावधिक गरेको मतदाता नामावली विवरण अनुसार जिल्लाभर कुल ८७ हजार ८ सय ६१ जना मतदाता रहेका छन् । जसमा पुरुष ४५ हजार ४ सय २८, महिला ४२ हजार ४ सय ३१ र अन्य २ जना मतदाता छन् ।

कुन मतदानस्थलमा कति मतदाता ?

जिल्ला निर्वाचन कार्यालय बाजुराले आगामी निर्वाचनका लागि ९ वटै स्थानीय तहमा रहेका ७७ वटा मतदानस्थलका मतदाता संख्या सार्वजनिक गरेको छ । जसमा गौमुल गाउँपालिका १ अम्लीस मावि मतदानस्थलमा एक हजार ६, वडा नम्बर २ पदमपुर आवि तल्दुवनमा एक हजार २५२, वडा नम्बर ३ को बालविकास मावि माझपालीमा एक हजार १३१, वडा नम्बर ४ को वडा कार्यालय मानाकोटमा ९७९, वडा नम्बर ५ को मानाकोट मावि थलामा ८०८ र वडा नम्बर ६ को वडा कार्यालय घट्मुनामा एक हजार ७८ मतदाता रहेका छन् ।

त्यस्तै खप्तड छेडेदह गाउँपालिका १ काँडा भवानी मावि स्थलमा दुई हजार ६६, वडा नम्बर २ को मालिका मावि गाज्रामा एक हजार ६९३, वडा नम्बर ३ को धनाल्त आविमा एक हजार ६५३, वडा नम्बर ४ को खापरदेवस्थली मावि गुदुखातीमा एक हजार ६८३, वडा नम्बर ५ को मष्टेश्वरी मावि डोगडीमा दुई हजार ४९९, वडा नम्बर ६ को बर्मदेव आवि मैतोलामा एक हजार २४९ र वडा नम्बर ७ को सरस्वती मावि लम्गाउँ मतदानस्थलमा एक हजार ८४६ मतदाता रहेका छन् ।

त्यसैगरी, त्रिवेणी नगरपालिका १ छतारादेवि आविमा एक हजा २९९, वडा नम्बर २ त्रिभुवनेशवरी मावि छतारामा एक हजार १४५, वडा नम्बर ३ मष्टेश्वरी आवि पुर्भुतामा एक हजार ४७, वडा नम्बर ४ तोलीदेवलडाँडा मावि तोलीमा एक हजार ५२८, वडा नम्बर ५ रामेश्वरी मावि किम्नीमा ७३६, वडा नम्बर ६ मष्टेश्वरी मावि पन्धारा एक हजार ९१२, वडा नम्बर ७ नाटेश्वरी आवि खिरपाटामा एक हजार १६५, वडा नम्बर ८ ठडाली स्वास्थ्य केन्द्रमा एक हजार ३०२ र वडा नम्बर ९ खिन्नैसत्यदेवि आवि बागापाटामा एक हजार ९७७ मतदाता रहेका छन् ।

यस्तै, बुढीगंगा नगरपालिका १ धुरालसैन मावि डुग्रीमा एक हजार ५३५, वडा नम्बर २ वडा कार्यालयमा एक हजार ५७२, वडा नम्बर ३ वडा कार्यालयमा एक हजार ४०१, वडा नम्बर ४ थुमा माविमा एक हजार ७९९, वडा नम्बर ५ वडा कार्यालयमा एक हजार २११, वडा नम्बर ६ तल्लोसारेदेउ हुलाक कार्यालयमा एक हजार १८७, वडा नम्बर ७ शारदा माविमा एक हजार ४०३, वडा नम्बर ८ गिरीखेल्ने आविमा एक हजार १७९, वडा नम्बर ९ वडा कार्यालयमा एक हजार ६३५ र वडा नम्बर १० सिगाडा माविमा दुई हजार २७ मतदाता रहेको जनाएको छ ।

बडीमालिका नगरपालिका १ जाल्पादेवि मावि पिनालेखमा एक हजार ३५९, वडा नम्बर २ सत्यवादी मावि भौनेरामा ८८७, वडा नम्बर ३ चोयाकोट मावि रजालीमा ७९१, वडा नम्बर ४ पाथरकोट आवि रिलामा ५६६, वडा नम्बर ५ कैलाशेश्वरी मावि मनामा ७५५, वडा नम्बर ६ नेरा आवि काेर्धमा एक हजार ४२४, वडा नम्बर ७ कालिका आवि चुथीमा एक हजार ६६७, वडा नम्बर ८ खुला मञ्च मार्तडीमा एक हजार ६०६ र वडा नम्बर ९ मालिका माविमा एक हजार ५९९ मतदाता छन् ।

त्यस्तै बुढीनन्दा नगरपालिका १ बाधुँ माविमा एक हजार ४३५, वडा नम्बर २ जनप्रकाश माविमा ८६८, वडा नम्बर ३ मदन आश्रित आविमा एक हजार ६१, कालिका आवि भुलेनामा ५५७, वडा नम्बर ४ देवडाँडा मावि कुरुमा एक हजार १७१, वडा नम्बर ५ नन्देश्वरी माविमा एक हजार ४७, वडा नम्बर ६ बागेश्वरी आविमा एक हजार ८१, वडा नम्बर ७ घटाल आविमा एक हजार ३७४, वडा नम्बर ८ सिनेचौर आधारभूत स्वास्थ्य चौकीमा ९१५, वडा नम्बर ९ हिमाली आविमा ९५६ र वडा नम्बर १० सत्य माविमा एक हजार २ मतदाता छन् ।

त्यसैगरी, जगन्नाथ गाउँपालिका १ सरस्वती माविमा एक हजार ३५४, वडा नम्बर २ बालविकास आविमा ९०५, वडा नम्बर ३ कैलाश माविमा ६७९, वडा नम्बर ४ मालिका आविमा ९४१, वडा नम्बर ५ वडा कार्यालयमा ७४० र वडा नम्बर ६ वडा कार्यालयमा एक हजार ६० मतदाता संख्या रहेका छन् ।

स्वामीकार्तिक खापर गाउँपालिका १ भगवती आविमा ७२९, मण्डला आविमा ५८५, कुलादेवि माविमा ४७५, वडा नम्बर २ बिन्दासैनी आविमा एक हजार ४०४, वडा नम्बर ३ शम्भुसुनन्दा मावि जुकोटमा एक हजार २३७, शम्भुसुनन्दा मावि जुकुमा ९१८, वडा नम्बर ४ स्वामीकार्तिक माविमा एक हजार ४३५, वडा नम्बर ५ भैरवनाथ माविमा ९२९ मतदाता छन् ।

त्यस्तै हिमाली गाउँपालिका १ बिच्छ्या माविमा ५०६, सुनन्दा आवि बाममा १६५, वडा नम्बर २ ठुलाकोट आविमा ६५७, वडा नम्बर ३ गंगा आवि बौडीमा ४७८, हिमालभक्ति आवि गुम्बामा ७३, वडा नम्बर ४ शैलेश्वरी माविमा ९७७, वडा नम्बर ५ मंगलमय आविमा ८९९, कुलमष्टाजन आवि क्युडीमा २०९, वडा नम्बर ६ बडीमालिका माविमा एक हजार ४३५, खोलीडाँडा आवि पाडीमा ३४४ र वडा नम्बर ७ जनता आवि बाँधुमा ५८३ मतदाता संख्या रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार