• होमपेज
  • बुढीगंगा
  • बुढीगंगाका प्रमुख प्रशासकीय अधिकृत जोशीको सरुवा, ऐडी आउँदै

बुढीगंगाका प्रमुख प्रशासकीय अधिकृत जोशीको सरुवा, ऐडी आउँदै

  • मङ्लबार, पुस २२, २०८२
बुढीगंगाका प्रमुख प्रशासकीय अधिकृत जोशीको सरुवा, ऐडी आउँदै

बाजुरा—बाजुराको बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मर राज जोशीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीको सरुवा गरेर उनलाई बझाङको बुंगल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएको छ । उनी २०८१ फागुन पहिलो सातामा बुढीगंगाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका थिए ।

उपसचिव जोशीको सरुवा भएसँगै बुढीगंगाको प्रमुख प्रशासकीय अधिकृतमा मन्त्रालयले भोज बहादुर ऐडीलाई खटाएको छ । गृह मन्त्रालय अन्तर्गत निकायमा शाखा अधिकृतको रुपमा कार्यरत ऐडीलाई आइतवार मन्त्रालयले बुढीगंगामा खटाएको हो ।

चर्चामा

सम्बन्धित समाचार