• होमपेज
  • बडिमालिका
  • सामुदायिक सुरक्षा जालोद्धारा मार्तडी बजार छेउछाउका बोट बिरुवामा मल तथा गोडमेल

सामुदायिक सुरक्षा जालोद्धारा मार्तडी बजार छेउछाउका बोट बिरुवामा मल तथा गोडमेल

  • शनिबार, पुस १९, २०८२
सामुदायिक सुरक्षा जालोद्धारा मार्तडी बजार छेउछाउका बोट बिरुवामा मल तथा गोडमेल

बाजुरा—सामुदायिक सुरक्षा जालो बाजुराले सदरमुकाम मार्तडी बजार वरपर रहेका बोटबिरुवामा मल तथा गोडमेल गरेको छ । सामुदायिक सुरक्षा जालोले शनिवार बडीमालिका नगरपालिकाको प्रवेश मार्तडी स्थित गौडा देखि कारागारसम्म सडक छेउछाउ रोपिएका बोट बिरुवामा गोडमेल सहित मल हालेकाे संयोजक सरिता दास नेपालीले बताइन् । उनले संस्थाको मासिक बैठक गर्दै बजार छेउछाउमा रोपिएका बिरुवा संरक्षणका लागि गोडमेल तथा मलजल गरिएको उनले बताइन् । उक्त कार्यमा महिलावादी मञ्चकी संयोजक कमला थापा, जानकी बुढा, सन्ताेषी थापा, साेधा नेपाली लगायत सामुदायिक सुरक्षा जालोमा आवद्ध महिलाहरुको सहभागीता रहेको थियो ।

विगत एक बर्षदेखि जिल्लामा साुमदायिक सुरक्षा जालो गठन गरी सीमान्तकृत वर्ग व्यक्तिहरुलाई पहुँचमा पुर्‍याउने, लैंगिक हिंसा निवारणका लागि रणनीतिक हस्तक्षेप विधि प्रयोग, लैंगिक उत्तरदायित्व, सामाजिक जवाफदेहीता लगायतका विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार