• होमपेज
  • राजनीति
  • ४ करोड मतपत्र छापिँदै, फागुन १० गतेसम्म जिल्लामा पठाइने

४ करोड मतपत्र छापिँदै, फागुन १० गतेसम्म जिल्लामा पठाइने

  • शुक्रबार, पुस १८, २०८२
४ करोड मतपत्र छापिँदै, फागुन १० गतेसम्म जिल्लामा पठाइने

काठमाडौं —आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि करिब ४ करोड मतपत्र छापिने भएको छ। निर्वाचन आयोगले शुक्रबार कार्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराएको हो।

आयोगका अनुसार प्रत्यक्षतर्फ २ करोड र समानुपातिकतर्फ पनि २ करोड मतपत्र छापिने छ। मतदाताको संख्याका आधारमा करिब ७ प्रतिशत मतपत्र छापिँदै आएको आयोगले जनाएको छ। मतपत्रहरू फागुन १० गतेभित्र सबै जिल्ला पुगिसक्ने छ। प्रत्यक्षतर्फको मतपत्र माघ ९ गतेपछि सुरु हुने छ।

यसैगरी आयोगले हालसम्म भएका प्रगति विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार हालसम्म निर्वाचन आचार संहिता पारित भएको, राजनीतिक दल र उम्मेदवारका लागि खर्च सीमा तोकिएको, समानुपातिक तर्फको बन्दसूची संकलनलगायतको काम भएको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार