• होमपेज
  • राजनीति
  • समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने क्रम सकियो

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने क्रम सकियो

  • मङ्लबार, पुस १५, २०८२
समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने क्रम सकियो

काठमाडौँ — समानुपातिक निर्वाचन प्रणालीतर्फ ५८ वटा निर्वाचन चिह्नबाट चुनावी प्रतिस्पर्धामा भाग लिनेगरी ६४ वटा राजनीतिक दलका तर्फबाट बन्दसूची बुझाइएको छ ।

निर्वाचन आयोगमा मंगलबार अपराह्नसम्म बन्दसूची बुझाउने क्रम जारी रहेको थियो । आयोगका अनुसार सोमबार रातिसम्म बन्दसूची बुझाउने प्रक्रियामा आएका सबै राजनीतिक दलबाट सूची बुझ्ने काम सकिएको छ ।

कांग्रेसले बन्दसूचीलाई अन्तिम रूप दिएर बुझाउन ढिला गरेको थियो । आयोगमा सोमबार अबेर रातिसम्म दुई वा त्योभन्दा बढी दल मिलेर एकल चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्ने तथा एक्लै चुनावमा जाने समेत गरेर ६१ वटा दल बन्दसूची बुझाउने प्रक्रियामा आएका थिए ।

उनीहरूले नियमानुसार ५० हजार धरौटी बुझाएर प्रक्रियामा प्रवेश गरेका थिए । आयोगको प्रक्रियामा आएका सबै राजनीतिक दलको बन्दसूची सोमबार रातभरि तथा मंगलबार अपराह्नसम्म काम गरेर बुझेको छ ।

चर्चामा

सम्बन्धित समाचार