• होमपेज
  • राजनीति
  • समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन

  • सोमवार, पुस १४, २०८२
समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन

प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज (सोमबार) पनि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउँदै छन् । निर्वाचन आयोगले तोकेअनुसार समाुनपातिकतर्फको बन्दसूची बुझाउन सोमबार अन्तिम दिन हो ।

आयोगले २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि निर्धारण गरेको निर्वाचन कार्यक्रमअन्तर्गत आइतबारदेखि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउन सुरू गरिएको थियो ।

निर्वाचन कार्यक्रमअनुसार सोमबार कार्यालय समयभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्नेछ । आइतबार केही दलहरूले समानुपातिक बन्दसूची पेस गरिसकेका थिए ।

चर्चामा

सम्बन्धित समाचार