बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा ८७ हजार बढी मतदाता, ७७ वटा मतदानस्थल कायम

बाजुरामा ८७ हजार बढी मतदाता, ७७ वटा मतदानस्थल कायम

  • आइतवार, पुस १३, २०८२
सेयर गर्नुहोस् :
बाजुरामा ८७ हजार बढी मतदाता, ७७ वटा मतदानस्थल कायम

बाजुरा—आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा ८७ हजार बढी मतदाता संख्या कायम भएका छन् । निर्वाचन आयाेगले सार्वजनिक गरेको मतदाता नामावली विवरण अनुसार जिल्लाका कुल ८७ हजार ८ सय ६१ जना मतदाता संख्या कायम भएका हुन् । जसमा पुरुष ४५ हजार ४ सय २८, महिला ४२ हजार ४ सय ३१ र अन्य २ जना मतदाता संख्या छन् ।

त्यस्तै, जिल्लामा हाल ७७ वटा मतदानस्थल र एक सय १८ वटा मतदान केन्द्र निर्धारण भएका जिल्ला निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी अंगत महतले बताए । उनले मतदानस्थल ७ वटा र मतदान केन्द्र ६ वटा थप भएकाे बताए । जिल्ला निर्वाचन कार्यालयले यस अघि मतदानस्थल र केन्द्र थपका लागि निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।

चार नगरपालिका र पाँच गाउँपालिका रहेको बाजुरामा यसअघि ७० वटा मतदानस्थल र एक सय १२ वटा मतदान केन्द्र रहेका थिए ।

याे पनि पढ्नुहाेस् ।

बाजुरामा ७ वटा मतदानस्थल थपिए

चर्चामा

सम्बन्धित समाचार