• होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिका स्तरीय किशोरी सञ्जाल गठन

बडीमालिका नगरपालिका स्तरीय किशोरी सञ्जाल गठन

  • आइतवार, पुस १३, २०८२
बडीमालिका नगरपालिका स्तरीय किशोरी सञ्जाल गठन

बाजुरा—बडीमालिका नगरपालिकामा नगर स्तरीय किशोरी सञ्जाल गठन गरिएको छ । शनिवार नगरपालिकाको समन्वय तथा सहकार्यमा युनिसेफ नेपालको आर्थिक सहयोग र सामुदायिक विकास केन्द्र डोटीद्धारा संचालित शसक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत एक औपचारिक कार्यक्रमकाविच किशोरी सञ्जाल गठन गरिएको हो ।

नगरपालिकाको सभाहलमा भएको भेलाबाट ईश्वरा ऐडी अध्यक्ष रहने गरी १७ सदस्यीय नगर स्तरीय किशोरी सञ्जाल गठन भएको जनाएको छ ।

लैंगिकतामा आधारित हिंसाको रोकथाम, महिला तथा सिमान्तकृत समुदायको आर्थिक सशक्तिकरण, लैंगिक उत्तरदायी शासन र सामाजिकसँगै आर्थिक रुपमा सबल बनाउने उद्देश्यका साथ किशोरी सञ्जाल गठन भएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख केशरी रोकायाले बताइन् ।

त्यस्तै नेतृत्व विकास र सशक्तीकरण, अधिकार संरक्षण र प्रवद्र्धन, हिंसा न्यूनीकरण, शिक्षा र सीप विकास, सामाजिक सचेतना र स्थानीय तहका योजना तर्जूमा प्रक्रियामा किशोरीका सवालहरुलाई समावेश गर्न वकालत गर्ने उदेश्य सहित किशोरी सञ्जाल गठन गरिएको सिडीसी जिल्ला फिल्ड अफिसर सर्मीला रावलले बताइन् ।

बडीमालिका नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख केशरी रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख नन्दा थापा रहेकी थिइन् । नगर उपप्रमुख थापाले किशोरीहरुका हकहितका लागि आफु सदैव लागिरहने भन्दै किशोरीहरुले आफू हरेक क्षेत्रमा सबल हुदैँ विकृति विसंगति न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिइन् ।

यस्तै, कार्यक्रममा नगरपालिकाका बाल कल्याण अधिकारी राम खत्री,सिडीसी डोटीका अनुगमन तथा मुल्यांकन अधिकृत टिकेन्द्र भण्डारी लगायत सहभागी थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका गैरसरकारी संस्था समन्वय एकाई प्रमुख कृष्ण खड्काले गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार