• होमपेज
  • समाज
  • फियान नेपालको नयाँ कार्य समिति चयन, महासचिवमा बाजुराका जोशी निर्वाचित

फियान नेपालको नयाँ कार्य समिति चयन, महासचिवमा बाजुराका जोशी निर्वाचित

  • आइतवार, पुस ६, २०८२
फियान नेपालको नयाँ कार्य समिति चयन, महासचिवमा बाजुराका जोशी निर्वाचित

बाजुरा—फियान नेपालको नयाँ कार्य समिति चयन भएको छ । शनिवार काठमाडौंमा सम्पन्न फियान नेपालको अठारौं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।

फियान नेपालको अध्यक्षमा राम बहादुर पुन रहने गरी ९ सदस्यीय कार्य समिति चयन भएको जनाएको छ । त्यस्तै उपाध्यक्षमा बसन्त प्रताप सिंह, महासचिवमा बाजुराका मदनराज जोशी, सचिवमा यमुना महर्जन, कोषाध्यक्षमा सफल सुब्बा, सदस्यमा बोल बहादुर कार्की, लक्ष्मी गुरुङ, रिता परियार र रिता सुवेदी चयन भएका छन् ।

फियान नेपालको उक्त अधिवेशनबाट नयाँ नेतृत्वमा सदस्य र महासचिव पदमा निर्वाचन भएको हो भने अध्यक्ष सहित अन्य पदमा भने सर्वसम्मत पदाधिकारी चयन भएका हुन् ।

फियान नेपाल खाद्य अधिकारको सुनिश्चिता र प्रत्याभूतिको लागि प्रवर्धन, वकालत तथा पैरवी गर्ने उद्देश्यकासाथ स्थापित सदस्यतामा आधारीत मानव अधिकारवादी संस्था हो । यसको कुनै पनि राजनैतिक तथा धार्मिक संलग्नता छैन । सन् २००८ मा काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा नाफा रहित गैर सरकारी संस्थाको रुपमा दर्ता भई औपचारिक मान्यता प्राप्त गरेको फियान नेपालले सन् २००९ मा फियान इन्टरनेशनलको शाखाको रुपमा मान्यता प्राप्त गरेको छ ।

नेपालमा गरिबी र भोकमरीको कारण अपर्याप्त खाद्य उत्पादन मात्र नभई संस्थागत रुपमा सीमान्तीकरण र सामाजिक बहिष्करण पनि हो, जसले निमुखा मानिसहरु प्राकृतिक तथा उत्पादनशील स्रोतको उपभोगबाट बञ्चित हुने गर्छन् । यस्ता क्रियाकलापहरुका कारण ती मानिसहरु सम्मान पुर्वक आफु र आफ्नो परिवारको खाद्यान्नको न्युनतम आवश्यकता परिपुर्ती गर्न असफल हुन्छन् । त्यस्तै फियान नेपाल सबै सीमान्तकृत समुदायहरुको स्वास्थ जीवनयापनका लागि सांस्कृतिक रुपमा स्वीकार्य पर्याप्त र पोषणयुक्त खाद्य अधिकार सुनिश्चितताको लागि समान हक, अधिकार, अवसरमा पहुँच स्थापित गर्न प्रतिबद्ध र कार्यरत संस्था हो ।

चर्चामा

सम्बन्धित समाचार