• होमपेज
  • बडिमालिका
  • बाजुराका ३ स्थानीय तहमा आज सार्वजनिक विदा

बाजुराका ३ स्थानीय तहमा आज सार्वजनिक विदा

  • आइतवार, पुस ६, २०८२
बाजुराका ३ स्थानीय तहमा आज सार्वजनिक विदा

बाजुरा—बाजुराका ३ वटा स्थानीय तहहरुले आज आइतवार सार्वजनिक विदा दिएका छन् । बडीमालिका, बुढीगंगा र त्रिवेणी नगरपालिकाले आज पालिकाभर सार्वजनिक विदा दिएका हुन् ।

सुदूरपश्चिम प्रदेश तथा बाजुराको मौलिक संस्कृति बोकेको प्रमुख स्थानीय पर्व भुवाको अवसरमा नगरपालिकाहरुले सार्वजनिक विदा दिएका हुन् । आज पालिकाभरका सरकारी कार्यालयहरु बन्द रहने छन् ।

बाजुरासहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा अहिले भुवा पर्वको रौनक छाएको छ । जिल्लामा दशैं–तिहारपछिको ठूलो र विशेष पर्वका रुपमा मनाइने भुवा पर्व पुष कृष्ण औसीं अर्थात शुक्रवारबाट विधिवत् रुपमा सुरु भएको छ । जिल्लामा खप्तड छेडेदह, बुढीगंगा, त्रिवेणी, गौमुल र बडीमालिकामा सबैभन्दा बढी भुवा पर्वलाई विशेष महत्व र मौलिक एवम् सांस्कृतिक उत्सवका रुपमा मनाइने गरिन्छ ।

पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ । पहिलो दिन आफन्तहरू एक ठाउँमा जम्मा हुने, रमाइलो गर्ने र राती धुनी जगाउन काठका ठुला ठुला मुडा बाल्ने तथा राका ठोसेर पाण्डव र कौरवको लडाइ र वीर गाथा गाउँदै भुवा पर्व मनाउने प्रचलन रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार