
बाजुरा—बाजुराको सदरमुकाम मार्तडी स्थित बडीमालिका नगरपालिकाले आगामी आइतवार सार्वजनिक विदा दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै यहीँ पुष ६ गते अर्थात आइतवारका दिन सार्वजनिक विदा दिएको जनाएको हो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल वि.कले सुदूरपश्चिम प्रदेश तथा बाजुरा जिल्लाको मौलिक एवं सांस्कृतिक पहिचान झल्काउने भुवा पर्वको अवसरमा विदा दिइएको जानकरी दिए । उनका अनुसार मंसिर २० गतेको नगर कार्यपालिकाको निर्णयअनुसार आइतवार सार्वजनिक विदा दिएको हो । उक्त दिन नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरु बन्द रहने छन् ।
बाजुरासहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा दशैं तिहार पछिको दोस्रो ठूलो चाडका रुपमा मनाइने मौलिक भुवा पर्व पुष कृष्ण औंसीबाट विधिवत् रुपमा सुरु हुदैँ छ । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने प्रचलन रहेको छ ।

