• होमपेज
  • राजनीति
  • एमाले महाधिवेशन : मतदानको समय सर्‍यो, साँझ ७ बजेदेखि भोलि १ बजेसम्म हुने

एमाले महाधिवेशन : मतदानको समय सर्‍यो, साँझ ७ बजेदेखि भोलि १ बजेसम्म हुने

  • मङ्लबार, पुस १, २०८२
एमाले महाधिवेशन : मतदानको समय सर्‍यो, साँझ ७ बजेदेखि भोलि १ बजेसम्म हुने

काठमाडौं —नेकपा एमालेको जारी ११औं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वको मतदान समय सरेको छ। यसअघि ४ बजेदेखि मतदान हुने भनिए पनि केन्द्रीय निर्वाचन आयोले नयाँ समय जारी गरेको हो।

आयोगका अनुसार मतदान आज साँझ ७ बजेदेखि सुरू हुनेछ। आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार रातभरि मतदान चल्नेछ। मतदानको समय भोलि १ बजेसम्मका लागि तय गरिएको उनले बताए। त्यसलगत्तै मतगणना पनि सुरू गरिने उनले बताए

नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवार दिएका छन्। अध्यक्षका आकांक्षी ओली र पोखरेलले प्यानल बनाएर निर्वाचनमा होमिएका हुन्।
ओलीका तर्फबाट महासचिवमा शंकर पोखरेल उम्मेदवार छन् भने पोखरेलको तर्फबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार बनेका छन्।

चर्चामा

सम्बन्धित समाचार