
बाजुरा—नेपाली कम्युनिस्ट पार्टीका नेता डाक्टर भीम रावलले वर्तमान अन्तरिम सरकारले तोकिएको मितिमा निर्वाचन गर्नु पर्ने बताएका छन् । सोमवार बाजुरामा नेकपाको एकता सन्देश सभालाई सम्वोधन गर्दै नेता रावलले फागुन २१ गते नै प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने बताएका हुन् ।
डा. रावलले अन्तिरम सरकारलाई धाँधलीरहित, निष्पक्ष र कुनै पनि व्यक्तिले डर त्रासमा बस्नु नपर्ने वातावरण बनाएर चुनाव सम्पन्न गर्न माग गरेका छन् । उनले भने,“ सरकारले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरोस् नेपाली कम्युनिस्ट पार्टी ताजा जनादेश लिएर बहुमतका साथ सरकार चलाउन तयार छ ।”
यस्तै नेता रावलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा थुप्रै हतियार लुटिएको भन्दै तत्काल नियन्त्रण लिन तथा फरार कैदीबन्दीहरुलाई समातेर कारबाही गर्न गृहमन्त्री समक्ष माग गरेका छन् । एमालेका पूर्व उपाध्यक्ष समेत रहेका रावलले केपी ओली फेरि पुरानै प्रतिनिधिसभा चाहियो भनिरहेको भन्दै आफैले बहुमतको दम्भमा विघटन गरेको संसद चाहिने हो भन्दै प्रश्न समेत गरे ।
त्यसैगरी, कार्यक्रममा नेता रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको तीव्र आलोचना गरेका छन् । देश, जनताको हक अधिकार तथा सुदूरपश्चिमका पिछडिएका दुर्गम गाउँका लागि सिंहदवारमा आवाज उठाउँदा आफूले थुप्रै घुम्तीहरु पार गर्नु गरेको बताए । देशको राष्ट्रियता, स्वाधिनता र जनताको जीवनस्तर सुधार गर्ने अठोटका साथ बोल्द ओलीले पार्टी सदस्यता खाएको आरोप लगाए । त्यस्तै रावलले आफूसँगै नविकरण भइसकेको सदस्यता पनि केपी ओली खाएको भन्दै अब कम्युनिष्टका नाममा कांग्रेस सभापति देउवालाई पनि सँगै सति लैजानु भन्दै व्यङग्य गरेका छन् । त्यस्तै राजनीतिक रुपमा देशलाई ठीक बाटोमा लिन, स्थिरता, संविधानमा आवश्यक संशोधन, परराष्ट्र नीति सुधार, अर्थतन्त्र तथा हरेक नेपाली जनताको जीवनस्तर सुधारका लागि नेपाली कम्युनिस्ट पार्टी प्रतिवद्ध रहेको रावलले बताएका छन् ।
मार्तडी स्थित खुला मञ्चमा नेकपाका नेता तथा तत्कालीन एकिकृत समाजवादीका जिल्ला अध्यक्ष पुर रावतको अध्यक्षतामा सञ्चालन भएको पार्टी एकता सन्देश सभामा प्रमुख अतिथि डाक्टर भीम रावल रहेका थिए भने अतिथिमा पार्टीका नेता भानुभक्त जोशी, दिर्घ सोडारी, शेर बहादुर कुँवर, प्रकाश शाह, खगराज भट्ट, नरेश शाही लागयत केन्द्र, प्रदेश तथा जिल्ला तहका नेताहरु सहित पार्टीमा आस्थावान कार्यकर्ताहरुको बाक्लो सहभागीता रहेको थियो ।
