सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • राजनीति
  • पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

  • सोमवार, मंसिर ३०, २०८२
पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

काठमाडौं— एमाले नेता ईश्वर पोखरेलले पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्ष पदमा दाबी गरेको बताएका छन् ।

महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले आफ्नो उम्मेदवारीको कारण खुलाउँदै भने, ‘म पार्टीलाई सामूहिक नेतृत्व अन्तर्गत विधिपूर्वक ठीक ढंगले चलाउने उद्देश्यसहित आउन चाहेको हो ।’

पार्टीलाई पुनर्गठित र पुनव्र्यवस्थित गर्नु आवश्यक रहेको उनले बताए। ‘महाधिवेशनमा प्रतिनिधि बनेर आउनु भएका आम कार्यकर्ताहरूलाई के आग्रह चाहन्छु भने पार्टीलाई विचारमा पुनर्गठित गर्नुपर्ने, संगठनमा पुनर्गठित गर्नुपर्ने र नेतृत्वमा पुनर्व्यवस्थित गर्नुपर्ने हुन्छ । साथै पार्टीको कार्यसम्पादनमा पनि पुनव्र्यवस्थित गर्नुपर्ने जरूरी छ । यसको अर्थ के हो भने पार्टीलाई थप अपडेटेड रुपमा ल्याउनु जरूरी छ ।’

एमाले महाधिवेशनमा अध्यक्षमा उम्‍मेदवार ईश्वर पोखरेलले चुनावमा प्रतिस्पर्धाको कुरा स्वाभाविक भएको बताएका छन् ।

उनले भने, ‘प्रतिस्पर्धा हुनु स्वाभाविक हो । हिजो भूमिगत अवस्थामा हुँदा पनि प्रतिस्पर्धा हुन्थ्यो । अहिले खुल्ला अवस्थामा जनताको बहुदलीय जनवादले निर्देशित हाम्रो पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनु अस्वभाविक रुपमा मानिँदैन ।’

चर्चामा

सम्बन्धित समाचार