
बाजुरा—यतिबेला नेकपा एमालेको ११ औँ महाधिवेशन चलिरहेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल बनाएरै निर्वाचनमा होमिने अवस्था देखिएको छ । सहमतिको वातावरण बनाउन केही नेताहरु लागे पनि निर्वाचन हुने अवस्था बनेको उनीहरुको निष्कर्ष छ । पार्टी पदाधिकारीका लागि ओली पक्ष र ईश्वर पक्षले आ–आफ्नो प्यानलबाट पदाधिकारी उम्मेदवार टुंगो लगाएका छन् ।
दुवै प्यानलले टुंगो लगाएको उम्मेदवार सूचिअनुसार बाजुराका नेताहरुले पनि पदाधिकारी देखि सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । पार्टी स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलबाट सचिवमा उम्मेदवारी दिने भएका छन् । सोही प्यानलबाट केन्द्रीय सदस्यमा बलदेव रेग्मी उम्मेदवारी दिने भएका छन् ।
त्यस्तै ओली प्यानलबाट केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लाल बहादुर थापा खुलाबाट फेरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । त्यस्तै केन्द्रीय सदस्य सहदेव बोगटी भूगालबाट, अनेरास्ववियूका पूर्व महासचिव नरेश रोकाया युवाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको जनाएको छ ।
