सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • राजनीति
  • एमाले महाधिवेशन– आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन, भोलि निर्वाचन

एमाले महाधिवेशन– आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन, भोलि निर्वाचन

  • सोमवार, मंसिर ३०, २०८२
एमाले महाधिवेशन– आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन, भोलि निर्वाचन

काठमाडौँ —नेकपा एमालेको ११ औँ महाधिवेशनको बन्द शत्र अन्तर्गत आज केन्द्रीय समितिका लागि उम्मेदवारहरुलाई दरखास्त फारम वितरण, उम्मेदवारी मनोनयन र अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका छ ।

एमालेले नयाँ नेतृत्व चयन प्रक्रियाका लागि निर्वाचन समितिलाई दिइएको अधिकारअन्तर्गत आज उम्मेदवारका आकांक्षीले बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फाराम दर्ता गर्ने कार्यसूची छ । यसका लागि केन्द्रीय निर्वाचन आयोगले बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने छ ।

दिउँसो २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने भएको छ भने उम्मेदवारविरुद्ध उजुरी दिने समय दिउँसो २ः३० बजेदेखि ३ बजेसम्म तोकिएको छ । सबै प्रक्रिया पूरा भएपछि साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने भएको छ ।

मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका छ ।

शनिबार सल्लाघारीमा उद्घाटन शत्र भएको महाधिवेशनको बन्द शत्र आइतबारदेखि भृकुटीमण्डपमा चलिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार