
बाजुरा — नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले पार्टीको केन्द्रीय कमिटी सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । नेकपा एमालेको ११ औं महाधिबेशनबाट सचिव पदमा लड्ने घोषणा गरेका हुन । लामो समय देखिको राजनीतिक संघर्ष, संगठन निर्माणमा पुर्याएको योगदान र विचारगत स्पष्टताका कारण थापा पार्टी भित्र एक संघर्षशील, इमानदार र भरोसायोग्य नेताका रूपमा परिचित थापा सचिवको उम्मेद्धार रहेका छन् ।
कर्ण बहादुर थापाको राजनीतिक जीवन कुनै पद, अवसर वा सिफारिसबाट सुरु नभएर विद्यार्थी राजनीति देखि नै सक्रिय रहेका छन् । जनताको हक–अधिकार, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यका लागि निरन्तर संघर्ष गर्दै अघि बढेका नेताका रुपमा चिनिन्छन् । कठिन भूगोल र सीमित स्रोतसाधन भएको बाजुरा जिल्लामा संगठन विस्तार, कार्यकर्ता निर्माण र पार्टीको विचार जनता माँझ स्थापित गर्न उनले खेलेको भूमिका उल्लेखनीय रहँदै आएको छ ।
देशमा राजनीतिक संक्रमण र दमनको हुदा हरेक प्रस्थितिमा कर्णबहादुर थापाले देखाएको साहस आज पनि पार्टीभित्र प्रेरणाको विषय बनेको छ । २०६१ सालको जनआन्दोलनमा सो आन्दोलनका क्रममा थापामाथि चार जना प्रहरीद्वारा कुटपिटमा उनी गम्भीर घाइते भए र टाउकोमा १६ टाँका लाग्यो । यस्ता थुप्रै राजनितिक मुद्धामा थापा सत्यको पक्षमा सतिशाल झै उभिएका छन् । देश र पार्टीको रक्षाका लागि शारीरिक रूपमा थकित भए पनि उनको राजनीतिक अडान, साहस र प्रतिबद्धता कहिलै कमजोर भएको देखिदैन ।
पार्टी भित्र होस वा बाहिर, प्रहरी दमन, अपमान र अत्याचार नै किन नहोस आन्दोलनबाट पछि नहटेर उभिएको उनको त्यो क्षण केवल व्यक्तिगत पीडाको कथा होइन, नेकपा एमाले प्रतिको अटुट निष्ठा, निडर स्वभाव र संघर्षशील चरित्रको जीवन्त प्रमाण थापाको संघर्ष हो ।
राजनीतिक यात्रामा थापाले संगठनात्मक जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गर्दै आएका छन । जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहसम्म आइपुग्दा उनी सधैं कार्यकर्ता र जनताको बीचमा रहन रुचाउने नेताका रुपमा परिचीत रहेका छन । पार्टीभित्र वैचारिक स्पष्टता, अनुशासन र सामूहिक नेतृत्वको पक्षमा दृढ अडान राख्दै आएका थापा हाल स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहका छन ।
“मैले बनाइदिएको नेता” भन्ने आरोप वा दाबीहरूलाई कर्ण थापाको जीवनसंघर्ष र राजनीतिक इतिहासले नै खारेज गरेको छ । थापा अरूले उचालेको नाम होइन, आन्दोलन, त्याग र निरन्तर संघर्षले गढेको नेतृत्व हो भन्ने कुरा उनको यात्रा स्वयं बोल्छ ।पार्टीको ११ औँ महाधिवेशनको संघारमा कर्ण बहादुर थापाको केन्द्रीय सचिव पदको उम्मेदवारीले संगठनलाई अझ सुदृढ बनाउने, जनआधारित नेतृत्वलाई स्थापित गर्ने र वैचारिक रूपमा पार्टीलाई थप मजबुत बनाउने अपेक्षा कार्यकर्ता पंक्तिले व्यक्त गरेका छन् । पार्टी र संगठन मजबुद बनाउन आफु नेतृत्व गर्ने थापाले बताएका छन ।
