• होमपेज
  • राजनीति
  • एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, पदाधिकारी १९, स्थायी कमिटी यथावत

एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, पदाधिकारी १९, स्थायी कमिटी यथावत

  • आइतवार, मंसिर २९, २०८२
एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, पदाधिकारी १९, स्थायी कमिटी यथावत

काठमाडौं —नेकपा एमालेले विरोधका बीच एमाले विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै कायम गरिएको छ । विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ र स्थायी कमिटी नै नराख्ने निर्णय गरेको थियो ।

अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी बढाउनुपर्ने दबाब रहेको भन्दै केन्द्रीय कमिटीको आकार बनाउने प्रस्ताव राखेका थिए । अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी (पोलिटब्युरोको एक तिहाई), पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बनाउने निर्णय भएको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

नेकपा एमालेको केन्द्रीय कमिटी पहिले ३०१ सदस्यीय नै थियो । तर गत भदौमा भएको विधान महाधिवेशनबाट २५१ सदस्यीय बनाइएको थियो । त्यत्रो मिहिनेत र खर्च गरेर विधान महाधिवेशनबाट टुंगो लगाइसकेको विषयलाई अहिले फेरि संशोधन गर्न खोजिएको भन्दै कतिपयले विरोध जनाएका थिए ।

बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिएको परिस्थितिले अंक बढाउ नभनेको बताए । उनले संख्या बढाउँदैमा एमालेको क्षमता बढ्ने के ग्यारेन्टी छ भनेर प्रश्न समेत गरे । ‘बदलिएको परिस्थितिले अंक बढाउन भनेको होइन । बदलिएको परिस्थितिले त हामीसाई बदलिउ भनेर जबरजस्त सन्देश दिएको छ । के संख्या बढाएर क्षमता बढ्छ भने अस्तिको हाम्रो क्षमता जचिएन ?’

उनले भने, ‘दुई कार्यकालबारे पनि कुरा उठेको छ, यसबारे छलफल नहुने ? अरु बाहेक हुने ? यस्तो तर्कले हामीलाई कता पुर्याउँछ ।’

चर्चामा

सम्बन्धित समाचार