शनिबार, मंसिर २८, २०८२
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण समिक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न

सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण समिक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न

  • शनिबार, मंसिर २८, २०८२
सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण समिक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न

बाजुरा—सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण सुदूरपश्चिम प्रदेशको समिक्षा तथा कार्ययोजना गोष्ठी बाजुरामा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम मार्तडीमा शुक्रवार देखि सुरु भएको कार्यक्रम शनिवार सम्पन्न भएको हो ।

विगत एक बर्षदेखि जिल्लामा साुमदायिक सुरक्षा जालो गठन गरी सीमान्तकृत वर्ग व्यक्तिहरुलाई पहुँचमा पुर्‍याउने, सीपमूलक तालिम दिदै आत्मनिर्भर बनाउने तथा भावि रणनीतिक कार्ययोजना निर्माणका लागि आयोजित गोष्ठी समापन भएको संयोजक सरिता दास नेपालीले बताइन् । उनले २ दिनसम्म सञ्चालन भएको गोष्ठीमा एक बर्षमा भएका महिलावादी नेतृत्व विकास, नीति तथा अभ्यास, सामाजिक मूल्य मान्यता तथा हेरचाह लगायतका विषयमा छलफल र भावि योजना निर्माण भएको बताइन् । टेवा नेपाल काठमाडौं, एकता नेपाल धनगढी, महिला विकास मञ्च बाजुराको समन्वय तथा सहकार्य जिल्लामा विविध गतिविधि सञ्चालन भइरहेको बताइन् ।

त्यस्तै सामुदायिक सुरक्षा जालोले जिल्लामा लैंगिक हिंसा निवारणका लागि रणनीतिक हस्तक्षेप विधि प्रयोग, लैंगिक उत्तरदायित्व, सामाजिक जवाफदेहीता लगायतका विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको जनाएको छ ।

बडीमालिका नगरपालिकाको सभाहलमा सञ्चालन भएको दुई दिने गोष्ठीको सहजीकरण सामुदायिक सुरक्षा जालाे संयोजक सरिता दास नेपालीले गरेकी हुन् ।

आइजिएफएफ बाजुराकी संयोजक कमला थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि बडीमालिका ७ की वडा सदस्य पार्वती जोशी रहेकी थिइन् । त्यस्तै विशिष्ट अतिथि वडा नम्बर ९ की सदस्य झुपा सनाइ, अतिथिमा महिला विकास मञ्च बाजुराकी उपाध्यक्ष सन्तोषी थापा, बडीमालिका नगरपालिकाका एनजीओ फोकल पर्सन कृष्ण खड्का, राजश्व सहायक भानुभक्त जोशी लागयतको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार