बिहिबार, मंसिर २६, २०८२
  • होमपेज
  • समाचार
  • भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • बिहिबार, मंसिर २६, २०८२
भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ —अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग अवैध रूपमा पैसा उठाएको आरोपमा असुलीधन्दा चलाएको आरोपमा सहसचिव तिर्थराज भट्टराईसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव भट्टराई सहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज जोशीका अनुसार त्यो प्रकरणमा ६ व्यक्ति र दुई कम्पनीलाई विपक्षी बनाएर मुद्दा आइपुगेको जानकारी दिए । त्यस्तै सम्पत्ति शुद्धीकरणमा पनि तीन जनाविरुद्ध अख्तियारले मुद्दा ल्याएको छ ।

अख्तियारले २०८१ चैत ७ गते सहसचिव भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट पक्राउ गरेको थियो । यो प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम मुछिए पनि उनलाई विपक्षी बनाइएको छैन ।

चर्चामा

सम्बन्धित समाचार