मङ्लबार, मंसिर २४, २०८२
  • होमपेज
  • समाज
  • दार्चुला र कञ्चनपुरमा लागुऔषधसहित ५ जना पक्राउ

दार्चुला र कञ्चनपुरमा लागुऔषधसहित ५ जना पक्राउ

  • मङ्लबार, मंसिर २४, २०८२
दार्चुला र कञ्चनपुरमा लागुऔषधसहित ५ जना पक्राउ

धनगढी– दार्चुला र कञ्चनपुर जिल्लामा लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा कञ्चनपुरमा खटिएको प्रहरी टोलीले लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

बेलौरी नगरपालिका–६ महाकाली क्याम्पस नजिक बेलौरीतर्फ आउँदै गरेको सुपप्र०१–०१ ह ५५०५ नम्बरको अटो चेकजाँच गर्दा अटो चालक धनगढी उप–महानगरपालिका–३ बोराडाँडीका २७ वर्षीय नरेन्द्र बोहरा, अटोमै सवार चौराहा बस्ने ३६ वर्षीय प्रेम खत्री र १३ राजपुर बस्ने ४० वर्षीय चक्रपति गिरीलाई पक्राउ गरिएको छ ।

उनीहरुको साथबाट २ ग्राम ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले अटो, बरामद पदार्थ र तिनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

उता दार्चुलामा पनि लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। खलंगा बजार क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका व्यक्तिहरूलाई चेकजाँच गर्दा व्यास गाउँपालिका–६ हुती घर भई महाकाली नगरपालिका–४ बस्ने २२ वर्षीय बिजय टमटा र महाकाली–४ खलंगा बस्ने २१ वर्षीय धिरज लुहारको साथबाट ३१ ग्राम चरेश जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

उनीहरू दुवैलाई लागुऔषध सहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ।

चर्चामा

सम्बन्धित समाचार