• होमपेज
  • बडिमालिका
  • बडीमालिकामा करिब ३६ जना बालबालिका विद्यालय बाहिर, पालिकाले थाल्याे छलफल

बडीमालिकामा करिब ३६ जना बालबालिका विद्यालय बाहिर, पालिकाले थाल्याे छलफल

  • सोमवार, मंसिर २३, २०८२
बडीमालिकामा करिब ३६ जना बालबालिका विद्यालय बाहिर, पालिकाले थाल्याे छलफल

बाजुरा—बाजुराको बडीमालिका नगरपालिकामा करिब ३६ जना बालबालिकाहरु विद्यालय बाहिर रहेको पाइएको छ । प्लान इन्टरनेशनल नेपालको सहकार्यमा पीसविन नेपालद्धारा सञ्चालित आभा परियोजनाले गरेको सर्वेक्षण अनुसार ५ बर्षदेखि १७ बर्षसम्मका २१ जना छात्र र १५ छात्रा गरी ३६ जना विद्यालय बाहिर रहेको पाइएको हो ।
सोमवार बडीमालिका नगरपालिकाको आयोजना र पीसविन नेपाललको सहयोगमा भएको छलफल कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

पीसविन नेपालबाट सञ्चालित आभा परियोजना संयोजक पदम कठायतले पालिकासँग समन्वय गरेर प्रत्येक वडामा गणक खटाएर गरेको सर्वेक्षण अनुसार ३६ जना बालबालिका विद्यालय बाहिर रहेको बताए । त्यस्तै उनले अहिले उक्त तथ्यांक संकलन पश्चात् ती बालबालिकाहरुलाई विद्यालयमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा जनप्रतिनिधि तथा विषयगत शाखा प्रमुखसँग छलफल गरिएको बताए । शारीरिक तथा बौद्धिक अपांगता लगायत विभिन्न कारणले केही बालबालिकाहरु विद्यालय बाहिर रहेको भन्दै पालिकाले नीति र योजना निर्माण गरेर विद्यालय तहमा ल्याउन पहल गर्नु पर्ने र त्यसका लागि आफूहरु तयार रहेको बताए ।

कार्यक्रममा सहभागीहरुले नगरभित्रका प्रत्येक घरधुरीमा पुगेर विद्यालय बाहिर रहेका बालबालिकाहरुको एकिन विवरण संकलन तथा कारण पत्ता लगाएर योजनावद्ध रुपमा लाग्ने र विद्यालय वातावरणमा ल्याउन लाग्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा नगर उपप्रमुख नन्दा कुमारी थापाले अपांगताका कारण केही बालबालिका घरमै रहेको र केही भारतमा रहेको भन्दै बृहत छलफल गरेर उनीहरुलाई विद्यालयमा ल्याउन सकिने बताइन् ।

तथ्यांक प्रस्तुती सहित कार्यक्रमको सहजीकरण आभा परियोजना संयोजक पदम कठायतले गरेका हुन् । नगर उप प्रमुख नन्दा कुमारी थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वडा अध्यक्ष, विषयगत शाखा प्रमुख, मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्याय, आभा परियोजना संयोजक पदम कठायत, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार