सोमवार, मंसिर २३, २०८२
  • होमपेज
  • राजनीति
  • पार्टीबाट बिदा लिँदा नै ओलीको सम्मान बढ्छ : कर्ण थापा

पार्टीबाट बिदा लिँदा नै ओलीको सम्मान बढ्छ : कर्ण थापा

  • सोमवार, मंसिर २३, २०८२
पार्टीबाट बिदा लिँदा नै ओलीको सम्मान बढ्छ : कर्ण थापा

काठमाडौं— नेकपा एमालेका नेता कर्ण थापाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट बिदा लिनुपर्ने बताएका छन् ।

नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले सोमवार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

देश, जनता र पार्टीका सर्मथक, शुभेच्छुकहरूको भावना बुझेर नेतृत्वबाट बिदा लिनुपर्ने थापाको भनाइ थियो । ओलीले नेतृत्वबाट बिदा लिएमा सम्मान बढ्ने पनि उनले बताए ।

‘११ औँ राष्ट्रिय महाधिवेशनमा स्वस्थ हुनुपर्छ, प्रतिष्पर्धा । प्रतिस्पर्धा गर्नुभन्दा अगाडी, प्रतिष्पर्धाको पक्षमा त छौं छौं । तर अहिले हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीले हामी सबैको भावना बुझेर देशको भावना बुझेर, हाम्रा सर्मथक, शुभेच्छुकहरुको भावना बुझेर उहाँले बिदा लिनुपर्छ । उहाँ बिदा हुनुभो भनेपछि उहाँको सम्मान बढ्नेछ,’ थापाले भने ।

नेतृत्वबाट बिदा लिएमा ओलीले गरेका महत्त्वपूर्ण योगदानलाई जनताको बीचमा स्थापित गर्न सकिने उनले बताए ।

ओलीले बिदा नलिएमा भने सिंगो पार्टी र कम्युनिष्ट आन्दोलन नै समाप्त हुनेसमेत उनको भनाइ छ ।

‘उहाँले गर्नुभएको योगदानलाई पनि हामी फेरि पनि जनताको बीचमा स्थापित गर्न सक्नेछौँ । होइन भने सिंगै पार्टी र आन्दोलन उहाँको व्यक्तिगत चाहना र ईच्छामा समाप्त गर्ने दिशातर्फ जाँदैछ । यसलाई जोगाउनपर्छ भनेर व्यापक रुपमा अहिले ठूलो आवाज उठेको छ,’ थापाले भने ।

चर्चामा

सम्बन्धित समाचार