शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • राजनीति
  • नेपाली कांग्रेस बाजुरा–काठमाडौं सम्पर्क समिति सभापतिमा विरेन्द्र गिरी

नेपाली कांग्रेस बाजुरा–काठमाडौं सम्पर्क समिति सभापतिमा विरेन्द्र गिरी

  • शनिबार, मंसिर २१, २०८२
नेपाली कांग्रेस बाजुरा–काठमाडौं सम्पर्क समिति सभापतिमा विरेन्द्र गिरी

बाजुरा—नेपाली कांग्रेस बाजुरा–काठमाडौं सम्पर्क समिति सभापतिमा विरेन्दराज गिरी चयन भएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समितिले बाजुरा–काठमाडौं सम्पर्क समितिको सभापति गिरी रहने गरी तदर्थ समिति गठन गरेको हो ।

त्यस्तै सम्पर्क समितिको उपसभापतिमा राजेश सिंह, शुशिला कुमारी रोकाया, सचिवमा अर्जन पाण्डे चयन भएका छन् । यस्तै सहसचिवमा तेज बहादुर ऐडी, नर बहादुर ऐडीसहित ११ जना सदस्य रहने गरी तदर्थ समिति गठन गरिएको नेपाली कांग्रेस बाजुराका सभापति रामसिंह रावले बताएका छन् । उनले नेपाली कांग्रेसकाे विधान, नियमावली तथा नेपाली कांग्रेस बाजुरा–काठमाडौं सम्पर्क समितिको विधान बमोजिम समिति गठन गरिएको बताए । त्यस्तै पार्टी जिल्ला सभापति रावलले विधानको अधिनमा रही ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी जिम्मेवारी प्रदान गरिएको पनि जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार