
नेपाली बजारमा बुधबार सुन-चाँदीको भाउ वृद्धि भएको छ। सुनको मूल्य ८०० रुपैयाँ र चाँदी ११० रुपैयाँले बढेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ११० रुपैयाँले बढेर चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
महासंघका अनुसार आज प्रतितोला चाँदी ३ हजार ६५५ रुपैयाँ कायम भएको छ। मंगलबार एक तोला चाँदी ३ हजार ५४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी बुधबार ८०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५४ हजार १०० पुगेको छ। मंगलबार सुनको भाउ ३०० रुपैयाँले घटेको थियो।
