शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकाकाे ११ औं स्थापना दिवसकाे अवसरमा २२ जना सम्मानित

बडीमालिका नगरपालिकाकाे ११ औं स्थापना दिवसकाे अवसरमा २२ जना सम्मानित

  • बुधबार, मंसिर १८, २०८२
बडीमालिका नगरपालिकाकाे ११ औं स्थापना दिवसकाे अवसरमा २२ जना सम्मानित

बाजुरा– बडीमालिका नगरपालिकाले आफ्नो ११ औं स्थापना दिवसका अवसरमा विभिन्न पेशा, सेवा र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका २२ जना व्यक्तिहरूलाई सार्वजनिक रूपमा सम्मान गर्ने निर्णय गरेको छ। नगर कार्यपालिका बैठकले यस वर्षको नगर दिवस कार्यक्रमलाई विशेष बनाउँदै विविध क्षेत्रमा उत्कृष्ट कार्य गरेका व्यक्तिहरूलाई सम्मानित गर्ने निर्णय पारित गरेको थियाे  ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, संस्कृतिको संरक्षण, प्रशासनिक सेवा, व्यवसाय, खेलकुद तथा अन्य क्षेत्रमा उल्लेखनीय योगदान जनाउँदै आएका व्यक्तिहरूलाइ सम्मान गरेकाे नगरपालिकाले जनाएकाे छ ।  सम्मानित हुनेमा पत्रकार दयाराम पण्डीत, डाक्टर हिमाल कार्की , इन्जिनियर जंग थापा,करे रावल, शिक्षक धनबहादुर रावल, कला क्षेत्रका महेन्द्र दानी,  सुना विक, बिस्ना विष्ट, रामबहादुर थापा, रामचन्द्र पाध्याय, विनोद सिंह, अगं ल्वार, पुने दानी, वडा सचिव अमर भण्डारी, नगरपालिकाका क्रमचारीहरु सुषिला रावल, तिलक न्याैपाने, शुसिला बुढ्थापा, भक्त बि.क. धन बहादुर रावल, जय बहादुर रावल, गणेश विष्ट ,हिन्दुर बि.क. चक्र राेकाया  लगायतका बिभिन्न क्षेत्रमा याेगदान गरेका ब्यक्तीलाइ सम्मान गरेकाे नगरपालिकाले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार