शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकामा भाेली सार्वजनिक बिदा

बडीमालिका नगरपालिकामा भाेली सार्वजनिक बिदा

  • सोमवार, मंसिर १६, २०८२
बडीमालिका नगरपालिकामा भाेली सार्वजनिक बिदा

बाजुरा— बडीमालिका नगरपालिकाले आफ्नो ११ औँ नगर स्थापना दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिने भएको छ। स्थापना दिवसकाे अवसरमा  मसिंर १६ गते एक दिनका लागि नगरपालिका क्षेत्रभित्रका सबै कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा सहकारी संस्थाहरूमा  सार्वजनिक बिदा दिने निर्णय गरिएकाे हाे ।

सार्वजनिक गरिएकाे  सूचनामा नगरको स्थापना दिवसलाई उत्साहपूर्वक मनाउन तथा कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्न सार्वजनिक बिदा दिने निर्णय गरिएकाे उल्लेख गरिएको छ।  प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझीकाे हस्ताक्षरित उक्त सूचनामा नगर क्षेत्रभित्रका सबै संस्थाहरूलाई सोही दिन बिदा लागू हुने जानकारी गराइएको छ।

चर्चामा

सम्बन्धित समाचार