शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • डोटीमा जिप दुर्घटना हुँदा १२ जना घाइते

डोटीमा जिप दुर्घटना हुँदा १२ जना घाइते

  • सोमवार, मंसिर १६, २०८२
डोटीमा जिप दुर्घटना हुँदा १२ जना घाइते

डोटी– डोटीमा बोलेरो जिप दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। दिपायलबाट आदर्श गाउँपालिकाको गोरेलीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ च ११३५ नम्बरको बोलेरो जिप आदर्श गाउँपालिका–४ ल्वारेगडामा दुर्घटना हुँदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानाएको छ।

जिप बेलुकी करिब ७ बजे कच्ची सडकमा अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले बताएको छ। घाइते हुनेमा आदर्श गाउँपालिका–४, देहीमाडौंका २१ वर्षीय भगवती विक, उनको १ वर्षीय छोरा राजन विक, ५ वर्षकी रीतिका विक, ३८ वर्षकी टीका विक, १९ वर्षका शेर विक, १८ वर्षकी सरस्वाती ओझा, २५ वर्षका दिल्ली राज ओझा, २३ वर्षकी बिष्ना ओझा, ४ वर्षका दीपेश ओझा, सोही वडाको भुवा बस्ने २८ वर्षीय मोहन बिष्ट, ३५ वर्षका लालबहादुर बिष्ट, २२ वर्षीय सन्तोष बिष्ट रहेका छन्।

घाइतेको स्थानीय काँणीस्याउलेस्थित जिडी पोलिक्लिनिकमा उपचार भइरहेको छ। घाइतेको उद्धारका लागि प्रहरी निरीक्षक पदम राज पन्तको कमान्डमा नौ सदस्यीय प्रहरी टोली खटिएको थियो।

चर्चामा

सम्बन्धित समाचार