शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढीगंगा
  • जन्मदिनको अवसरमा नेता सिंहद्धारा अनाथ बालबालिकालाई कपडा वितरण

जन्मदिनको अवसरमा नेता सिंहद्धारा अनाथ बालबालिकालाई कपडा वितरण

  • शनिबार, मंसिर १४, २०८२
जन्मदिनको अवसरमा  नेता सिंहद्धारा अनाथ बालबालिकालाई कपडा वितरण

बाजुरा १३ मंसिर – आफ्नो जन्मदिनको अवसरमा नेकपा एमाले जिल्ला कमिटी बाजुराका सदस्य तथा ब्यापारी समाज सेवी हंसबहादुर सिंहले बुढीगंगा नगरपालिका २ मा रहेको कन्सन बाजुराका १९ जना अनाथ बालबालिकालाई कपडा लगायतका सामग्री वितरण गरेका छन् । सामाजिक सेवाप्रति सक्रिय हुँदै जन्मदिनलाई अर्थपूर्ण बनाउने उद्देश्यले सिंहले उक्त सहयोग गरेको बताइएको छ ।
सहयोग पछि कन्सन बाजुराका अध्यक्ष गणेश थापाले सहयोग प्रति आभार व्यक्त गर्दै अनाथ तथा अभिभावक विहीन बालबालिकालाई सामग्री वितरण गरेर जन्मदिनलाई सेवा कार्यसँग जोडि दिनु अत्यन्त प्रशंसनीय कार्य भएको बताए । यो सहयोगले बालबालिका र हामी कन्सन बाजुरा परिवार खुसी बनाएको छ । साथै स्थानीय समाजमा पनि सकरात्मक ऊर्जा भरिएको थापाले बताए ।
जन्मदिनमा अन्य तडकभडकको खर्चको कुनै अर्थ हुदैन एक जोडक कपडा धेरै ठुलो सहयोग नभएपनि चिसोका केहि महिनाको लागि सामान्य सहयोग पुगोस भन्ने उद्देश्यले फचुल खर्च भन्दा समाजिक कार्यका लागि सहयोग गरेको बताए । सामाजिक दायित्वबोधबाट प्रेरित भएर यस्तो कार्य गरेको बताउँदै बताए ।
समाजले दिएको माया र साथको कदर गर्दै जन्मदिनलाई खास बनाउने सोचले मैले सानो सहयोग गरेका बताए । आगामी दिनमा पनि यस्तै सामाजिक काममा निरन्तर साथ पु¥याउँदै बिश्वस समेत दिलाएका छन् ।
बालबालिकाले नयाँ कपडा र सामग्री पाएपछि खुसी व्यक्त गरेका थिए । कन्सन बाजुराले यस्ता सामाजिक सद्भावका गतिविधिहरूले बालबालिकाको मनोबल वृद्धि हुने र समाजमा सहयोगी भावना बढ्ने विश्वास व्यक्त गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार