शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • क्रिकेट
  • लुम्बिनीको दोस्रो जित, पोखराको तेस्रो हार

लुम्बिनीको दोस्रो जित, पोखराको तेस्रो हार

  • शनिबार, मंसिर १४, २०८२
लुम्बिनीको दोस्रो जित, पोखराको तेस्रो हार

काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत लुम्बिनी लायन्सले प्रतियोगिताको दोस्रो जित दर्ता गरेको छ। पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गर्दै लुम्बिनीले प्रतियोगितामा दोस्रो जित निकालेको हो।

पोखरा एभेन्जर्सले दिएको १५१ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १९.४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाए। उनले ३६ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

लुम्बिनीका ओपनर सुमित महर्जन डक आउट हुँदा अर्का ओपनर डार्सी सर्ट पनि ७ रनमा पेभेलियन फर्किए।
तेस्रो विकेटको रूपमा निशोसन डिकवेल्ला ३७ रन बर्नार क्याच भए। दिलिप नाथले १० रन बनाए। गुल्बदिन नैबले १७, रुपिबन ट्रम्पलमेनले ९ रन बनाए।

सन्दीप जोरा २५ र शेर मल्ल शून्यमा अविजित रहे।

पोखरा एभेन्जर्सको लागि विपिन खत्री, म्याट टेलर र सागर ढकालले २–२ विकेट लिए। जिमी निशमले १ विकेट लिए। टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ५० रन बनाएको थियो।

पोखराका लागि ओपनर ब्याटर एडम रोसिङ्टनले सर्वाधिक ८१ रन बनाए। उनले ६३ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। पाँचौं विकेटका लागि एडमले जिमी निशमसँग ९२ रनको साझेदारी गर्दै पोखराको स्कोर उकासेका थिए।
पोखराको पहिलो विकेटको रूपमा ओपनर ब्याटर दिनेश खरेलको विकेट गयो। उनले ११ बलमा १ चौकासहति ७ रन बनाएर क्याच भए।

पोखराको दोस्रो विकेटका रूपमा कप्तान कुशल भुर्तेल गोल्डेन डक भए। उनी दोस्रो पटक लगातार गोल्डेन डक भएका हुन्। उनी जनकपुर बोल्ट्ससँगको खेलमा पनि गोल्डेन डक भएका थिए।

पावरप्लेमा खराब सुरुवात पाएको पोखराका लागि तेस्रो विकेटको रूपमा सुमित बर्मा पनि डक आउट भए। तृतराज १ रनमा पेभेलियन फर्किदा पाँचौं विकेट एडम रोसिङ्टनको गयो।

जिमी निसम ५१ रनमा अविजित रहे । उनले इनिङ्सको अन्तिम बलमा २ रन लिँदै अर्धशतक पूरा गरेका हुन्। उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। किरण ठगुना १ रनमा अविजित रहे।

लुम्बिनी लायन्सका लागि बलिङ तर्फ शेर मल्ल र तिलक राज भण्डारीले २–२ विकेट लिँदा गुल्बदिन नैबले १ विकेट लिए।

पोखराले यसअघिको तीन खेलमा १ जित र २ हार बेहोरेको छ। पोखराले पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग १८ रनले पराजित भएको थियो। तेस्रो खेलमा पोखराले जनकपुर बोल्ट्सलाई २५ रनले हराएको हो।

लुम्बिनीले यस अघिको ४ खेलमा ३ हार र १ जित दर्ता गरेको छ। लुम्बिनी लायन्सले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेट, तेस्रो खेलमा काठमान्डु गोर्खाजसँग २२ रन र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ७ विकेटको हार बेहोरेको थियो।

चर्चामा

सम्बन्धित समाचार