शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि

उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि

  • शुक्रबार, मंसिर १३, २०८२
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि

बाजुरा– लोकप्रिय मतसहित अनेरास्ववियु महासचिवमा निर्वाचित नरेश रोकायालाई धेरैले अध्यक्षको रूपमा हेर्न खोजिरहेका थिए । तर, अन्तिम समयमा ३२ वर्षको उमेर हद लागेपछि महासचिवबाट उनी बाहिरिए ।

प्रतिनिधि चयन भएका छन् । जेनजी आन्दोलनपछि एमालेले सबै निर्वाचन क्षेत्रबाट ४० वर्षमुनिका युवा प्रतिनिधिको सहभागिता सुनिश्चित गरेको छ । सोही अनुसार   ११औँ महाधिवेशनका लागि बाजुराबाट सर्वसम्मत चयन भएका हुन् ।

काठमाडौंमा मङ्सिर २७ देखि २९ सम्म आयोजना हुने महाधिवेशनका लागि अहिले देशै भरी प्रतिनिधि चयन प्रक्रिया चलिरहेको छ ।

बाजुराबाट सर्वसम्मत भएका रोकाया महाधिवेशनमार्फत पार्टी राजनीतिमा होमिने तयारी गरेका छन् । ‘उमेद हदका कारण अध्यक्ष हुनबाट रोकिएँ तर,  नेता कार्यकर्ताहरूले मलाई सर्वसम्मत प्रतिनिधि चयन गर्नु भएको छ ’ उनी भन्छन् ‘अखिल राजनीतिबाट बिदा भएपछि अहिले पार्टी राजनीतिमा होमिएको छु ।’

उनी निकटहरूका अनुसार रोकाया ११ औँ महाधिवेशनमार्फत केन्द्रीय सदस्यको तयारी गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार