शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • देशभर चिसो बढ्यो : एक सातामा कति घट्यो तापक्रम ?

देशभर चिसो बढ्यो : एक सातामा कति घट्यो तापक्रम ?

  • बिहिबार, मंसिर १२, २०८२
देशभर चिसो बढ्यो : एक सातामा कति घट्यो तापक्रम ?

काठमाडौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकाको बिहीबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । यसअघि गत बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो । एक सातामै काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसले घटेको हो ।

काठमाडौंको अधिकतम तापक्रम १ डिग्री सेल्सियसले घटेको छ । गत बिहीबार अधिकतम तापक्रम २० दशमलव २ डिग्री सेल्सियस रहेको काठमाडौंको बिहीबार बिहानको तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै जुम्लाको न्यूनतम तापक्रम बिहीबार बिहान माइनस ४ दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । यसअघि गत बिहीबार जुम्लाको तापक्रम माइनस २ डिग्री थियो ।

गत बिहीबार अधिकतम तापक्रम २७ दशमलव ८ डिग्री तथा न्यूनतम तापक्रम १५ दशमलव ५ डिग्री मापन भएको नेपालगन्जको बिहीबार बिहानको अधिकतम तापक्रम २७ तथा न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । जनकपुरको बिहीबार बिहानको न्यूनतम तापक्रम १४ दशमलव २ डिग्री तथा अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । गत बिहीबार जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री तथा न्यूनतम तापक्रम १६ डिग्री मापन गरिएको थियो ।

यस्तै विराटनगरको बिहीबार बिहानको न्यूनतम तापक्रम १३ दशमलव २ डिग्री तथा अधिकतम तापक्रम २८ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । यसअघि गत बिहीबार विराटनगरको न्यूनतम तापक्रम १४ दशमलव ६ डिग्री र अधिकतम तापक्रम ३० दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार