
प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका २७ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । उनीहरुको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको विवरण सार्वजनिक गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन प्रधान कार्यालयले निर्देशन दिएको हो ।
कार्यालयमा उपस्थित हुँदा गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण नबुझाए कानुनबमोजिम कारबाही हुने कार्यालयले चेतावनी दिइएको छ ।

