
नेकपा एमालेमा एघारौं महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने प्रक्रया सुरु भएको छ । १३ मंसिरमा प्रतिनिधि छनोट गर्नेगरी अपानि जारी भएकाले पार्टी सदस्यहरुको नामावली प्रकाशन गर्ने कार्य मातहतका कमिटीहरुले आजबाटै अगाडि बढाएका छन् । सर्वसम्मति नभए चुनावबाट प्रतिनिधि चयन गर्नुपर्ने भएकाले आवश्यक प्रक्रिया शुरु गरिएको नेताहरुले बताएका छन् । तर केही क्षेत्रमा भने संस्थापन इतरका नेताहरुलाई प्रतिनिधि चयन हुनबाट रोक्नेगरी निर्णय गरिएको नेताहरुले बताएका छन्।
गत फागुनमा एमाले मोरङको अधिवेशनमा विद्यादेवी भण्डारी पक्षले जितेपछि शेपाले भण्डारीको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएका थिए । यसै विषयलाई लिएर शेर्पालाई निलम्बन गरिएको हो । अध्यक्ष खड्काले भने यो विषयमा बोल्न चाहेनन् । अनलाइखबरसँगको सम्पर्कमा उनले भने, ‘यो विषयमा बोल्न मिलेन ।’
शेर्पाले भने आफूलाई छेक्ने प्रयास भएको बताउँछन् । ‘कारवाही गर्ने भनेर प्रस्ताव गरेछन्, तर माइन्युट भएको छैन,’ उनले भने । ४८ वर्षदेखि पार्टीमा सक्रिय भएको बताउँदै उनले भने, ‘खै किन साथीहरू लागिरहेका छन् ।’ इटहरी उपमहानगरपालिका पूर्वमेयर चौधरीलाई भने अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरिरहेको आरोप लगाइएको छ । उनी कोशी प्रदेश समितिको नवौं बैठकले प्रदेश कमिटी सदस्यबाट ६ महिना निलम्बन गरिएको छ ।
२०७४ सालमा एमालेबाट इटहरीको मेयरमा निर्वाचित चौधरी, २०७९ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अघि माओवादी केन्द्र प्रवेश गरेका थिए । माओवादी केन्द्रबाट चौधरी सुनसरी निर्वाचन क्षेत्र-२ (१) बाट उम्मेदवार बनेका उनी चुनाव हारेपछि एमालेमै फर्किएका छन् ।
शेर्पा र चौधरीलाई जस्तै निलम्बनको निर्णय नभएपनि कैलालीमा १३ नेताको पार्टी सदस्यता नै नवीकरण नगरिएको खुलेको छ । ‘महाधिवेशन प्रतिनिधि बन्ने सम्भावना भएका नेताहरुको सदस्यता नवीकरण नै नगरी पार्टी सदस्यता सूची आएको छ,’ जिल्ला सदस्य कुमार बडैला भन्छन् ।
केन्द्रीय नेतृत्व पुनर्गठनको आवाज उठाउनेहरुको मात्रै सदस्यता नवीकरण छुटेर आउनुलाई उनी नियोचित षडयन्त्र मान्छन् । ‘मैले नेतृत्व पुनर्गठनको आवाज उठाए, अभियान चलाए,’ बडैला भन्छन्, ‘हामी ज–जसको सदस्यता नवीकरण भएको छैन, सबै जना नेतृत्व पुनर्गठन गर्नुपर्छ भन्नेहरु छौं ।’
संस्थापन इतर नेताहरुको मात्र सदस्यता नवीकरण नभएपछि प्रतिनिधि चयनको प्रक्रिया नै अगाडि बढ्न सकेको छैन । ‘तीन पटक अनेरास्ववियु कैलालीको अध्यक्ष र तीन कार्यकाल जिल्ला सदस्य भइसकेको छु, अहिले महाधिवेशन प्रतिनिधि जाने मेरो सम्भावनालाई रोक्न सदस्यता नवीकरण छुटाइएको छ,’ उनी भन्छन् ।

जिल्ला सदस्यहरु दीपक रावल, प्रकाश खड्का, सुरतबहादुर बिष्ट, पूर्व प्रदेश सदस्यहरु सावित्रा देवी सापकोटा र जयनारायण जोशी लगायत छन् । जिल्ला कमिटीकै नेताहरुकै नाम नरहेको पार्टी सदस्यता सूची आएपछि हिजोको सचिवालय बैठकमा यसबारे कुरा उठेको थियो ।
बैठकमा जिल्ला अध्यक्ष यज्ञ ढुंगाना लगायतले सदस्यता नवीकरण नहुनुमा प्राविधिक कारण रहेको जवाफ दिएका छन् । तर सदस्यता नवीकरणको यो त्रुटि सच्याउन दबाव भएपछि पार्टी केन्द्रलाई नवीकरणको सूची सच्याउन आग्रह गरेर पत्र पठाइएको छ ।
जिल्ला सचिव ममताप्रसाद अधिकारीले पार्टी केन्द्रलाई पत्र लेख्दै नवीकरण भइसकेको नामहरु छुट भएकाले विवरण सच्याउन आग्रह गरेका छन् ।
