शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुल गाउँपालिका-३ धल्काँडाकाे ‘मैझाडो’, गोरुलाई छुट्टी दिने पर्व

गौमुल गाउँपालिका-३ धल्काँडाकाे ‘मैझाडो’, गोरुलाई छुट्टी दिने पर्व

  • शनिबार, मंसिर ७, २०८२
गौमुल गाउँपालिका-३ धल्काँडाकाे ‘मैझाडो’, गोरुलाई छुट्टी दिने पर्व

‎‎सामाजिक, सास्कृतिक, सद्भाव ,समान हाम्रो समाज पूर्वीय दर्शनको ज्ञान भूमि हो । सभ्यता र संस्कृतिको विशाल भण्डार हो । यही भण्डारअन्तर्गत हाम्रा चाल, चलन, रीतिरिवाज, खानपान, वेशभूषा, रहनसहन एवं मेलापर्वहरू अभ्यासमा छन् । सानो मुलुक भए तापनि दश वटा धार्मिक सम्प्रदायको समागम भूमि हो हाम्रो समाज धार्मिक सहिष्णुताको नमुना हाे ।

विभिन्न पर्वहरूको अभ्यास थलो हुन्। बुद्ध पूर्णिमा, गुरु पूर्णिमा, नागपञ्चमी, तीज, सोह्र श्राद्ध, बडादशमी, तिहार, महपूजा, छठ, माघे संक्रान्ति, इद, बकरिद, गौरापर्व, उभौली, उँधौलीलगायतका पर्व र यिनीहरूसँग जोडिएका जातीय, सामाजिक, सांस्कृतिक, धार्मिक एवं शास्त्रीय मूल्य र मान्यताले सुशोभित छ हाम्रो समाज सामाजिकिकरण गर्न आवश्यक छ ।

हाम्रो समाजलाई मानवता,हार्दिकता, संस्कार र संस्कृतिले सुशोभित बनाउन वैदिक शिक्षाको ठूलो महत्व छ । सामाजिक पृष्ठभूमि, संस्कृति, मूल्यमान्यता, आदर्श, मानवीय व्यवहार, अध्यात्मिक चिन्तनको विकासजस्ता विषयको हामिमा दर्शन हुन आवश्यक छ । ‎नेपाल विविधता युक्त वा साझा फुलवारि काे देश हाे। यहाँ विभिन्न जातजाति ,भाषाभाषी ,रितिरिवाज,चालचलन ,भेषभुषा,धर्म ,सस्कृति ठाउँ अनुसार फरकफरक छन्। तर नेपाल एउटा कृषि प्रदान देश हाे ।

‎ मैझाडाे पर्व
‎किसाहरुलाई काम काे चटारो “मानु राेपेर मुरि उब्जाउने” समय असारमा लगाएको धान, कोदो, मकै, सिमि लगायत अन्य बालिनालिहरु असाेज,कार्तिकमा बाली भित्र्याएर फेरि त्यहि महिनामा नै गहुँ, जौ लगाएपछि गोरुलाई आराम दिने र किसान स्वयंम पनि आराम गर्ने दिनका रूपमा मैझाडो मनाइन्छ। स्थानीय सरकार आय लगत्तै गाउँलेकै पहलमा यो पर्व ‘किसान दिवस’ का रूपमा भव्यताका साथ निरन्तर मनाइँदै आएकाे उत्सव हाे । २०७० सालअघि भने स्थानीय धामीले तोकेको दिन मैझाडो मनाइन्थ्यो।

‎“याे हामी हाम्रो पालादेखि व्यवस्थित तरीकाले मनाउन थाल्यौ तर याे परम्परागत पुस्तौंदेखि मनाइँदै आएको पर्व हो,” “मैझाडो मानव जीवनशैलीसँग निकट पशुप्रतिको प्रेम, सम्मान र न्याय सहितको पहिचानी पर्व हो।” ‎मैझाडोका दिन धल्काँडामा अवस्थित कालिका भगवती मन्दिरमा मेला लाग्छ। मेलामा बाजुरा मात्र नभई बझाङ, बैतडी, डडेल्धुरा र दार्चुलादेखि मानिसहरू हेर्न आउने गरेका छन्। म‌ंसीर ७ गते मैझाडो पर्व मनाइन्छ। ७ गते बेलुका देखि सांस्कृतिक कार्यक्रम , देउडा आयोजना गरिन्छ।यो पर्व किसान, खेतीपाती र गोरुसँग मात्र नभई देवीदेवतासँग पनि जोडिएको धार्मिक भनाइ छ।

‎पर्वको विधि
‎मैझाडोका दिन बिहानै हल गोरुलाई पाते,दल्लेरि,कटिगाउ,गर्जे,माझपालि र अन्य ठाउ- ठाउँ बाट गोठबाट निकालेर गोरु धल्काँडामा रहेको कालिका भगवती मन्दिर परिसरमा वा आफ्नो पाई पन्ने घर परिवार र मौ वा आआफ्नो भुमिमा राखिन्छ यसरी जम्मा भएका करीब ३००/४०० हल गोरु बुण्याउणी (पुजारी वा मुखिया जस्तो व्यक्ति)ले कालिका भगवती र गोरुहरूको पूजा गर्छन्। जुवा फुकाल्नु भन्दा अगाडि पहिले नै सबै गोरुलाई पिणा (आटोको डल्ला) बनाएर खुवाउँछन्। यसपछि उनी मन्दिरको अग्लो भागमा उभिएर घण्ट बजाउँछन् र ठूलो स्वरले ‘गोरु खुइनु (जुवा निकाल्नु) गाउँले हो’ भनेर उद्घोष गर्छन्।
‎अनि गाेरुकाे काध बाट जुवा निकालिन्छ ।

कालिका भगवती मन्दिरमा धामी झाक्रि
‎किसानले गोरुको काँधमा हालेको जुवा एकसाथ निकाल्ने चलन छ। एकसाथ ननिकाले अनिष्ट हुने जनविश्वास छ।जुवा निकाले पछि आआफ्नो बल्ल ( गाेरु) लियर घर जान्छन् । ‎यसरी मैझाडो गरी घर लगेको गोरुलाई वैशाखसम्म आराम दिइन्छ। बीचमा कसैले पनि गोरु लगाएर जोत्न पाउँदैन। “मंसीर, पुस, माघ, फागुन, चैत र वैशाखसम्म गोरुका लागि आराम भयो,” ‎वैशाखपछि पनि धामीले दिन तोकेर भनेपछि मात्र गोरु जोत्न पाइन्छ।
किसान लाई पर्व वा उत्सव
‎गोरु घरमा ल्याएर मात्र मैझाडो सकिंदैन।त्यस बेलुका देखि आफू ,आफ्ना,छरछिमेक,आफन्त, साथीभाइ बोलाएर मीठा , नया परिकार बनाएर खाने र खुवाउने प्रचलन छ। बाली लगाउँदाको दुःख बिर्सने प्रयत्नस्वरूप भाइचारा समन्ध स्थापित गर्न साँझमा सबै मान्छे हरु कालिका भगवती मन्दिर परिसरमा जम्मा भई भस्साे,चालि,गाथा,नृत्यनाटक ,अन्य सांस्कृतिक कार्यक्रम तथा देउडा प्रतियोगिता पछिल्लो मंसिर ८ गते साझ सम्म समापन गरिन्छ।
‎# बाेहरा बाट 
‎कालिका भगवती (मन्दिर) माताले सबैकाे कल्याण गरुन् । ‎गोरुलाई माया र गोरुको कामप्रतिको सम्मान नै यो पर्वको मुख्य मान्यता हो। वर्षौंदेखि मनाइँदै आएको यस चाडलाई युवापुस्ताले पनि विशेष रुचिका साथ निरन्तरता दिने गरेको पाईन्छ ।पुराना बुढापाखाकाे गुनासो खेती गर्नेहरूले गोरुको सट्टा बिस्तारै ट्र्याक्टरको प्रयोग गर्न थालेका कारण यो पर्व हराउने पो हो कि भन्नेमा चिन्तित छन् हामी हाम्रो रितिरिवाज,चालचलन ,भेषभुषा,संस्कृति जगेर्ना गर्नु हाम्रो कर्तव्य हाे ।
‎कृषक खेतवारिमा काम गरेर आफ्नो जिविका चलाउने ब्यक्ति हुन् ।किसान ( किनेर सामान नखाने ) बाकी सबै मानिसहरू का लागि खाद्यान्न सामाग्री उत्पादन गर्ने गर्छन् । ‎गाेरु भनेकाे घरको बलियो खम्बा हुन् गाेरु नभई कुनै बालि पनि लगाउदैन् ।गाेरुलाइ किसानको साहारा का रुपमा हेर्ने गरिन्छ ।
‎तर हरेक दिन गाउँ रित्तिदै छन् ।खेतीपाती आकाशे पानीको भरमा हुन्छ ।गाेरु पाल्ने चलन पनि घटेकाे छ खेतवारि बाझाे देखिन थालेका छन् । गाउँ पुरुष विहिन वा युवा बिहिन हुदै गर्दा अग्रपंक्तिमा रहेका ब्यक्तिले समाजमा आफ्ना भावि पुस्तालाई सामाजिकिकरणका माध्यम बाट नयाँ नयाँ ,ज्ञान ,सीप,कला,धारणा का साथै सामाजिक मुल्य मान्यता हरुकाे संरक्षण सहकार्य र सम्बर्द्धन विकास र नयाँ खाेजि गर्न र याेजनाबद्ध परिवर्तन का माध्यमले विकासको दिशा तर्फ डाेर्याउन स्थानीय सरकारकाे ध्यान पुगाेस् । शुभेच्छा पनि छ । ‎याे किसान पर्व काे भब्य सभ्य ,सफलताको हार्दिक शुभकामना छ ।।

चर्चामा

सम्बन्धित समाचार