शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बाजुराका सिडिओ र सहायक सिडिओको बिदाइ

बाजुराका सिडिओ र सहायक सिडिओको बिदाइ

  • बिहिबार, मंसिर ५, २०८२
बाजुराका सिडिओ र सहायक सिडिओको बिदाइ

बाजुरा—बाजुराका सिडिओ र सहायक सिडिओको बिदाइ गरिएको छ । बुधवार जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी शीतल बहादुर रावलको बिदाइ गरेको हो ।

सिडिओ पोडेल र सहायक सिडिओ रावल दुवै जनाको सरुवा भएपछि कर्मचारी तथा स्थानीयबासीहरुले भव्य बिदाइ गरेका हुन् ।
२०८२ भदौ १५ गते जिल्लामा हाजिर भएका प्रमुख जिल्ला अधिकारी पौडेलको साढे दुई महिनामै सरुवा भएको छ । यहीँ मंसिर २ गते गृह मन्त्रालयले पौडेललाई जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा खटाएको छ ।

यस्तै, जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रावलको कार्तिक १६ गते राष्ट्रिय किताबखाना (प्रहरी) मा सुरु भएको छ । रावल २०८२ असार १८ मा जिल्लामा सहायक सिडिओको रुपमा आएका थिए ।

बुधवार जिल्ला प्रशासन कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले छोटो समयको बसाईमा याँहाका कर्मचारी तथा स्थानीयबासीहरुको सकारात्मक साथ सपोट र सहयोग प्राप्त भएको भन्दै सबैलाई धन्यवाद दिए ।
त्यस्तै सिडिओ पौडेलको स्थानमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई खटाएको छ ।

यस्तै, जिल्लाका सिडिओ र सहायक सिडिओ दुवै जनाको सरुवा भएपछि सिडिओ पौडेल सरुवा भएको कार्यक्षेत्रमा फर्किएका छन् भने सहायक सिडिओ रावल भने जिल्लामै छन् । उनले मन्त्रालयले सरुवा भएको करिब आधा महिना बितिसक्दा पनि रमाना नदिएको र सिडिओको पनि सरुवा भएपछि अब नयाँ सिडिओ पुगेपछि मात्रै याँहाबाट जाने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार