शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • दुइ महिना १५ दिनमै फेरिए बाजुराका प्रमुख जिल्ला अधिकारी पौडेल

दुइ महिना १५ दिनमै फेरिए बाजुराका प्रमुख जिल्ला अधिकारी पौडेल

  • सोमवार, मंसिर २, २०८२
दुइ महिना १५ दिनमै फेरिए बाजुराका प्रमुख जिल्ला अधिकारी पौडेल

बाजुरा– गृह मन्त्रालयले बाजुराका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव कालीप्रसाद पराजुलीका अनुसार बाजुराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेललाई सरुवा गरिएको हो ।

पौडेलको स्थानमा जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई पठाइएको पराजुलीले  जानकारी दिए । बाजुरामा उपसचिव प्रमुख जिल्ला अधिकारी  हुने ब्यबस्था छ ।

बाजुरा आएको दुइ महिना १५ दिनमै  सरुवा भएका पौडेललाई पर्वत जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर आएका उपसचिव पवन कोइरालालाई मोरङको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको पराजुलीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार