शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी निवेदन

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी निवेदन

  • सोमवार, मंसिर २, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी निवेदन

राजदूत फिर्ताको निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको कारबाहीको निवेदन दर्ता भएको छ । अधिवक्ता प्रेमराज सिलवालले फैसला कार्यान्वयन नगर्ने प्रधानमन्त्री कार्कीलाई अवहेलनामा कारवाही गर्नुपर्ने माग राखी सर्वोच्चमा निवेदन दिएका हुन् । सर्वोच्च अदालतले आगामी आईतबार(७ मंसीर)मा निवेदनमाथि प्रारम्भिक सुनुवाइको मिति तोकेको छ ।

सरकारले गत महिना ११ मुलुकका राजदुतहरुलाई फिर्ता बोलाएको थियो । त्यसविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी आदेश दिएको थियो ।

तर सरकारले ती राजदुतहरुलाई नेपालमा फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयबाट नै कामकाज गर्नु भनी निर्देशन दिएको छ । तर, ती राजदूतहरूको पद खोसिएको भने छैन । फिर्ता बोलाइएकामध्ये दुई जना राजदूतहरूले राजीनामा दिइसकेका छन् । अदालतले दिएको आदेश उल्लंघन गरेको दाबीसहित अधिवक्ता सिलवालले अवहेलनाको कारबाहीको निवेदन पेश गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार