
बाजुरा— नेकपा एमाले बाजुराद्धारा आयोजित राष्ट्रिय एकता, संविधानको सर्वोच्चता र संसद् पुनर्स्थापनाका माग सहित बाजुराको मातडीमा आयोजित जनप्रदर्शन कार्यक्रम सम्पन्न भएको छ। सदरमुकाम मार्तडीमा आयोजित सो कार्यक्रम “निणर्यक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य” नारा सहित गरिएको हो । कार्यक्रममा सहभागीहरूले देशलाई संविधान र लोकतान्त्रिक मार्गमा फर्काउन आवश्यक जनसचेतना र दबाब सृजना गर्नुपर्नेमा जोड दिएका छन ।
राष्ट्रिय एकताको संरक्षण, संविधानको पूर्ण पालना र सर्वोच्चता, प्रतिनिधि सभा पुनर्स्थापनाको आवश्यकता, जनप्रदर्शनको आयोजना नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बाजुराले गरेको हो । कार्यक्रममा स्थानीय नेता, कार्यकर्तादेखि जिल्लाभरका जनसमुदायको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा सम्बोधन गर्ने वक्ताहरूले पछिल्लो राजनीतिक अस्थिरताले देशमा सिर्जना गरेको अनिश्चितता बारे चिन्ता व्यक्त गर्दै संसद् पुनर्स्थापनामार्फत जनताको म्यान्डेटलाई सम्मान गर्न आग्रह गरेका छन ।
बाजुरामा आयोजित यो प्रदर्शनलाई आगामी दिनमा बढ्दो जनआन्दोलनको सुरुवातका रूपमा पनि हेरिएको छ । नेकपा एमाले जिल्ला कमिटि बाजुराका अध्यक्ष लाल बहादुर ओलीको अध्यक्षतामा संचालन भएको सो कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य तथा पुर्व मन्त्री कर्ण बहादुर थापा रहेका थिए । बिषिष्ठ अतिथि नेकपा एमाले केन्द्रीय सदस्य लाल बहादुर थापा, सहदेव बोगटी, केन्द्रीय लेखा आयोग सदस्य बसुन्धरा रोकाया, नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि उपाध्यक्ष काली बहादुर शाही, नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्य गगन रावल रहेका थिए ।
नेकपा एमाले जिल्ला कमिटि बाजुरा सचिव काशी विकले संचालन गरेको कार्यक्रमको स्वागत जिल्ला कमिटि उपाअध्यक्ष जनक कुमार रोकायाले गरेका थिए । नेकपा एमाले बाजुराको पाटी कार्यालयबाट नारासहित र्याली सहित बजार परिक्रमा गरि लोकतान्त्रीक चोकमा गएर कोणसभामा पणिरत भएको थियो । जनप्रदर्शन कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यक्रताको उल्लेख्य सहभागीता रहेको थियो ।
