
बाजुरा– नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इर्न्चाज लाल बहादुर थापाले संघीय लोकतान्त्रिक गणतन्त्र माथि चौतर्फी आक्रमण भएको बताएका छन्। ‘संविधान कुल्चिएको अवस्थामा संबिधानको रक्षाका लागि गाउँगाउँबाट जाग्नुपर्ने बेला आएको बताएका छन । विगतमा राणा, दरबारीया, पञ्चायती शैली जस्तै अहिले असंवैधानिक तवरले बनेको शुसिला कार्की सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण गरिरहेको उनले बताए।
जिल्ला सदरमुकाम मार्तडीमा आयोजित जनप्रदर्शन कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इर्न्चाज थापाले जेन्जीलाई ढाल बनाएर देशमा आंतक मच्चाएर असंवैधानिक कदम चालिएको बताएका छन । हतियार र कैदी बाहिर रहेको अवस्थामा वर्तमान सरकारले चुनावको मञ्चन मात्रै गरिरहेको उनको आरोप छ । नेकपा एमाले जिल्ला कमिटि बाजुराद्धारा आयोजित संविधानको रक्षा र प्रतिगामी षड्यन्त्रविरुद्ध शनिबार मार्तडीमा नेकपा एमालेले र्याली निकालेको थियो।
कोण सभामा नेता थापाले कोणसभालाई सम्बोधन गर्दैै प्रधानमन्त्री सुशिला काकीले देश र संबिधानलाई लत्याएर बिदेशीलाई सुम्पिन खोजेको बताए। त्यसैले एमालेले देश जगाउने अभियान सञ्चालन गरेको उनले बताए । ‘यो राष्ट्रियता जोगाउने अभियान हो, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता सहित समाजवादको दिशा उन्मुख व्यवस्थामाथि प्रहार भएको छ,’ उनले भने, ‘हामीले बुझ्नु जरुरी छ, यो राष्ट्रियता र व्यवस्था जोगाउने अभियान हो, जनताको सार्वभौम सत्ता जगाउने अभियान हो।’ ‘संविधान कुल्चिएको छ, संविधान छटपटाई रहेको छ, त्यसकारण संविधानको रक्षार्थ लोकतन्त्रका पक्षधर एक ठाउँमा आउनुपर्छ,’ उनले भने, ‘यो चुनावको नाटकले आसेपासे पार्टी खोल्दैछन्।’
