शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • आईजीपी कार्कीको पहिलो निर्णय : जुनियर अधिकृतसम्मलाई २ लाखसम्म आपतकालीन कर्जा

आईजीपी कार्कीको पहिलो निर्णय : जुनियर अधिकृतसम्मलाई २ लाखसम्म आपतकालीन कर्जा

  • शुक्रबार, कार्तिक २९, २०८२
आईजीपी कार्कीको पहिलो निर्णय : जुनियर अधिकृतसम्मलाई २ लाखसम्म आपतकालीन कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जुनियर प्रहरी अधिकृत सम्मलाई आपतकालीन सहुलियत कर्जा दिने निर्णय गरेका छन् । उनले वरिष्ठ सईसम्मको लागि प्रहरी कल्याण कोषबाट आपतकालीन कर्जा दिने निर्णय गरेका हुन् ।

नेपाल प्रहरीको ३३ औँ आईजीपी नियुक्त भएपछि उनले सो निर्णय गरेका हुन् । आपतकालीन अवस्थामा दिइने सो कर्जा जवानदेखि वरिष्ठ सई सम्मले मात्र लिन पाउनेछन् ।

कल्याण कोषबाट यसअघि कोटा प्रणालीबाट दिइँदै आएको ५ लाख सहुलियत कर्जा जुनियर कर्मचारी र कम्प्युटर चलाउने क्षमता नभएकाहरूको पहुँचमा नभएको निष्कर्षसहित सो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

निवेदनको आधारमा जुनियर अधिकृतसम्मलाई मापदण्ड बनाएर कर्जा दिने निर्णय प्रहरीको पीसीसी (पोलिसी कोअर्डिनेशन कमिटी) बाट पारित भएको छ । आपतकालीन अवस्थाको सो कर्जा डेढ वर्षभित्र तिरिसक्नुपर्ने कार्यविधि पारित गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार