शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बडीमालिकामा सिडिसीको डेढ बर्षः समाज परिवर्तन गर्न रुपान्तरण कक्षादेखि सशक्तीकरणसम्म

बडीमालिकामा सिडिसीको डेढ बर्षः समाज परिवर्तन गर्न रुपान्तरण कक्षादेखि सशक्तीकरणसम्म

  • सोमवार, कार्तिक २५, २०८२
बडीमालिकामा सिडिसीको डेढ बर्षः समाज परिवर्तन गर्न रुपान्तरण कक्षादेखि सशक्तीकरणसम्म

बाजुरा—सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीले बाजुराको बडीमालिका नगरपालिकामा डेढ बर्षको मध्य समीक्षा गरेको छ । सिडिसीले पालिकाका ३ वटा वडाहरुमा हालसम्म गरेका गतिविधि, उपलव्धि तथा आगामी योजना, रणनीति तथा नगरसँग समन्वय सहकार्यका विषयमा सोमवार बिहान संयुक्त अनुगमनपछि मध्य समीक्षा कार्यक्रम गरेको हो ।

युरोपियन युनियन र युनिसेफ नेपालको आर्थिक सहयोग तथा नगरपालिकाको सहकार्यमा बडीमालिका १, ८ र ९ मा “सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम” सञ्चालनमा रहेको छ । उक्त कार्यक्रममार्फत व्यक्तिको जीवन तथा समाज परिर्वतन गर्न लैंगिक हिंसा न्यूनिकरण गर्दै आर्थिक र सामाजिक रुपमा सशक्त गर्न रुपान्तरण कक्षा देखि सशक्तिकरणका कार्यक्रम गर्दै आएको छ ।

May be an image of one or more people, people studying and text

सिडिसी डोटीद्धारा सञ्चालित सशक्त महिला, समृद्ध नेपाल कार्यक्रमका संयोजक टेक विकले ३ वटै वडामा जोखिममा रहेका बालबालिका र परिवारहरुको पहिचान गरेर विविध गतिविधिहरु सञ्चालन भइरहेको बताएका छन् । जसमा किशोरीहरुको पहिचान गर्न ३ वटै वडाहरुमा पहिलो चरमा १ सय ३७ र दोस्रो चरमा १ सय ४१ घरधुरी जोखिमताको पहिचान गरिएको थियो । त्यस्तै, सो कार्यक्रममार्फत परम्परागत हानिकारक मान्यताहरु अन्त्य गर्न १०६ जना अन्तर पुस्ता संवादमा, वडा स्तरीय किशोरी सञ्जाल गठन गरेर क्षमता विकास परिचालनमा ५१ जना किशोरीहरु सहभागी रहेको संयोजक विकले बताए । १ सय ८४ जना अभिभावक रुपान्तरण कक्षामा सहभागी भएर लैंगिक हिंसा र हानिकारक मूल्य मान्यता विरुद्ध आवाज उठाउँदै आएका छन् । जसमा उक्त कार्यक्रमबाट ३ वटै वडामा अभिभावक र किशोरकिशोरी गरी जम्मा १ हजार २ सय ५२ जना प्रत्यक्ष लाभान्वित भएको उनले बताए । यस्तै, समुदाय र विद्यालय स्तरमा सञ्चालन हुने किशोरकिशोरी रुपान्तरण कक्षा ४२ दिन, अभिभावक रुपान्तरण कक्षा ७ दिन र अन्तर पुस्ता संवाद एक दिन सञ्चालन हुने गरेको जनाएको छ । सो कार्यक्रममार्फत लैंगिक हिंसा लगायतबाट प्रभावित २५ जना अभिभावक र तिनका बालबालिकाहरुले आवश्यक विभिन्न सहयोग गरिएको छ ।

May be an image of one or more people, people studying, hospital and text

त्यसैगरी, सशक्त महिला, समृद्ध नेपाल कार्यक्रममार्फत सञ्चालित गतिविधिहरुबाट सरसफाई तथा सुरक्षित महिनावारी, अधिकार मात्रै नभई कर्तव्यप्रति किशोरकिशोरीहरु जागरुक भएको जनाएको छ । त्यस्तै रुपान्तरण कक्षा र अन्तर पुस्ता संवाद कार्यक्रमहरु समाज परिवर्तनका लागि प्रभावकारी माध्यम बनेकोले सहभागीहरुमा लैंगिक हिंसा तथा हानिकारण मूल्य मान्यताको विरोध तथा परम्परागत सोच परिवर्तन भएको जनाएको छ ।

May be an image of one or more people, sherpa coat and mountain

यस्तै, आगामी दिनमा यस कार्यक्रमको दिगोपनाका लागि स्थानीय सरकारसँगको बलियो साझेदारी, बाल उत्तरदायि नीति, कार्यक्रम र बजेटका लागि निरन्तर पैरवी, किशोरकिशोरीहरुको क्षमता विकास, महिलाहरुको सामाजिक आर्थिक सशक्तीकरणका लागि सरोकारवालाहरुसँग निरन्तर समन्वय गर्नु पर्ने निष्कर्ष सिडिसीले निकालेको छ ।

May be an image of one or more people, road and mountain

त्यस्तै, समीक्षा कार्यक्रममा सहभागीहरुले जोखिममा रहेका वर्गहरुको सामाजिक तथा आर्थिक सशक्तीकरणसँगै उद्यमशीलता र आर्यआर्जनका क्रियाकलापमा जोड दिनु पर्ने सुझाव दिएका छन् । कार्यक्रममा बोल्दै बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले किताबी ज्ञानलाई सीप र व्यवहारिक परिवर्तनमा जोड्दै कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबैले लाग्नु पर्नेमा जोड दिएका छन् । उनले सिडिसीद्धारा सञ्चालित कार्यक्रमले गरेका गतिविधिहरुलाई नमूनाका रुपमा बनाउका लागि प्राविधिक र नीतिगत सहयोगको आवश्यक पर्ने बताए ।

May be an image of one or more people, people studying and text

बडीमालिका नगरपालिका हलमा नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारी, युनिसेफका प्रकाश कैनी, सिर्जना नेपाल, सिडिसीका कार्यकारी निर्देशक हेमराज जोशी, कार्यक्रम संयोजक टेक विक, सिडिसी कार्यसमिति सदस्य मनु नेगी, जिल्ला फिल्ड अफिसर सर्मीला रावल लगायतको सहभागीता रहेको थियो ।

समीक्षा कार्यक्रमको प्रस्तुतीकरण सशक्त महिला, समृद्ध नेपाल कार्यक्रमका संयोजक टेक विकले गरेका थिए भने सञ्चालन बडीमालिका नगरपालिकाका कर्मचारी कृष्ण खड्काले गरेका हुन् ।

May be an image of one or more people, people studying and text

चर्चामा

सम्बन्धित समाचार