शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढिनन्दा
  • कोल्टीमा निशुल्क स्वास्थ्य शिविर संचालन

कोल्टीमा निशुल्क स्वास्थ्य शिविर संचालन

  • सोमवार, कार्तिक २५, २०८२
कोल्टीमा निशुल्क स्वास्थ्य शिविर संचालन

बाजुरा– बुढीनन्दा नगरपालिका–१ स्थित कोल्टी अस्पतालमा निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । सोमबारबाट चेकजाँच शुरु गर्ने भनिएता पनि नागरिकहरुको चापलाई मध्यनजर गर्दै आइतबारबाट सेवा प्रदान गर्न थालिएको छ।  कार्तिक २४ गते देखि संचालन हने उक्त शिविर र्कािर्तक २६ गतेसम्म   संचालन गरिने कोल्टी अस्पताल काेल्टी बाजुराले जनाएको छ । बाजुराको दुर्गम क्षेत्रलाई लक्षित गरि नागरिकलाई सहज स्वास्थ्य सेवा दिनका लागि शिविरको आयोजना गरिएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बाेहराले बताएका छन । माथिल्लो क्षेत्रका चार स्थानीय तहका नागरिक तथा छिमेकी जिल्लाहरु (हुम्ला, मुगु, कालिकोट) लगायत १७ पालिकाका नागरिकले सेवा पाउने अपेक्षा गरिएको छ ।

शिविरमा आँखा रोग सेवा (मोतिबिन्दुको निःशुल्क शल्यक्रिया सहित) छाला रोग,नाक, कान, घाँटी रोग,स्त्री तथा प्रसूति रोग,दाँत रोग सेवा÷दाँत निकाल्ने काम गरिने स्वास्थ्य शाखाका प्रमुख ओमजंग शाहीले बताएका छन् । उहाँका अनुसार सामान्य शल्यक्रिया, कलेजो रोग, हाडजोर्नी रोग सेवा,बाल रोग, प्याथोलोजी, रेडियोलोजी, इन्डोस्कोपी सेवा तथा फार्मेसी सुविधा समेत प्रदान गरिने जनाएकाे छ ।

कोल्टी अस्पतालले भने दुर्गम भू–भागका नागरिकलाई सहज सेवा दिन सफल भएको छ । शिविर “दुर्गमका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै”संचालन गरिएको उनले बताएका छन । एक एक पाईला फउन्डेशन काठमाडौं, गेटा आँखा अस्पतालको सहयोग र बुढिनन्दा नगरपालिकाको समन्वयमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको स्वास्थ्य शाखा प्रमखु शाहीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार