शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सुचना प्रबिधी
  • हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

  • शनिबार, कार्तिक २३, २०८२
हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । यसैगरी, आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

चर्चामा

सम्बन्धित समाचार