शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सुचना प्रबिधी
  • यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

  • बिहिबार, कार्तिक २१, २०८२
यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

बाजुरा– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार