
काठमाडौं —नेकपा एसका सम्मानित नेता अन्तत: प्रचण्ड-माधव कित्तामा सामेल भएका छन् । भृकुटीमण्डपमा जारी नेकपा माओवादीलगायत ९ दलको एकता सभामा खनाल केही बेरअघि पुगेका हुन् ।
माओवादीसँग एकता गर्ने निर्णयमा असहमति जनाउँदै खनालले आफ्नै नेतृत्वमा पार्टी पुनर्गठन गर्ने घोषणा गरेका थिए ।
एकता सभा हुनुअघि प्रचण्ड र माधव नेपालसँग खनाल वार्तामा बसेका थिए । महासचिव घनश्याम भुसाल पनि बिहानको वार्ता सहभागी भएपनि एकता प्रक्रियामा आउन राजी भएनन् ।
खनालले हिजो साँझ गुण्डु पुगेर एमाले अध्यक्ष केपी ओलीलाई पनि भेटेका थिए ।
