शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराको कोल्टीमा निर्माण हुन लागेको बिद्धुत सबस्टेशनको काम अस्तव्यस्त

बाजुराको कोल्टीमा निर्माण हुन लागेको बिद्धुत सबस्टेशनको काम अस्तव्यस्त

  • बुधबार, कार्तिक २०, २०८२
बाजुराको कोल्टीमा निर्माण हुन लागेको बिद्धुत सबस्टेशनको काम अस्तव्यस्त

बाजुरा– बाजुराको बुढिनन्दा नगरपालिका १ कोल्टीमा निर्माण हुन लागेको सबस्टेशनको काम अलपत्र अबस्थामा रहेको छ । नेपाल बिद्युक्त प्राधिकरणले निर्माण गर्न लागेको ३३ केभिएलाइनको सबस्टेशन निर्माण सम्पन्न मिति सकिएको ९ महिना वितिसक्दा पनि काम भने अस्तव्यस्त अबस्थामा रहेको पाईएको छ ।

नेपाल बिद्युक्त प्राधिकरणको नेपाल वितरण प्रणाली स्तरोन्नती तथा वितरण आयोजनाको कोल्टी सव प्रोजेक्ट अन्तर्गत कोल्टीमा सबस्टेशन निर्माण हुन लागेको हो । परियोजनाको काम गर्ने सुरुवात मिति ०१ मार्च २०२३ बाट शुरु हुने सम्झौता रहेको छ । सम्झौता हुदा ७ सय ३० दिन अर्थात दुई बर्षमा काम सक्नुपर्ने रहेको छ । सम्झौता मार्च २०२५ मा सकिसको छ, तर काम भने अस्तव्यस्त रहेको छ । आयोजना र निर्माण कम्पनिको लार्पवाहिले काम अस्तव्यस्त रहेको स्थानिय बासिले वताएका छन् ।

नेपाल वितरण प्रणाली स्तरोन्नती तथा वितरण आयोजनाको नामाकरण गरिएको आयोजनालाइ यूरोपियन इन्भेष्टमेन्ट बैंकको ऋण सहयोग गरेको छ । उक्त ऋण सहयोगको रकमले बाजुरा, बैतडी बझाङ्ग गरि ८ जिल्लाका जिल्लाभरी बिद्युक्तिकरण गर्नका लागि ७० अर्ब लगानिमा बिभिन्न काम भइरहेको छ । ७० अरवको परियोजना सन २०२१ बाट शुरु भएको हो । सबस्टेशन कोल्टीकोे निर्माण भारतिय कम्पनि रहेको छ । निर्माण कम्पनी अब्सोलुट प्रोजेक्टस इन्डिया लिमिटेड रहेको छ । परार्मशदाता कम्पनीका रुपमा पावोर ग्रिड कर्पोरिशन अफ इन्डिया लिमिटेड—जेट कन्सल्ट प्राइभेट लिमिटेड रहेको छ ।

उक्त सब स्टेशन १६ करोड लगानिमा निर्माण कार्य थालिएको भए पनि अहिले अलपत्र परेको छ । काम सम्पन्न गर्ने मिति सकिएर फेरि म्याद थप भएको भए पनि काम भने सुरु भएको छैन । तर काम कहिले सम्पन्न हुने कुनै अत्तोपत्तो नभएको स्थानिय सामाजिक अगुवा अनिल बहादुर शाहीले वताएका छन् । बाजुराका पुर्वोउत्तर क्षेत्रका ४ पालिका, मुगु र हुम्लाका केही पालिकालाइ लक्षित गरेर सबस्टेशन निर्माण हुन लागेको भए पनि काम कहिले सकिने हो थाहा छैन । सबस्टेशन निर्माण हुने बित्तिकै मार्तडी बाट कोल्टीसम्म बिद्युक्त लाइन बिस्तार गर्ने लक्ष्य रहेको नेपाल बिद्युक्त प्राधिकरण वितरण केन्द्र बाजुराले जनाएको छ । बाजुराको दोस्रो ठुलो बजार कोल्टी लगायत चारवटा पालिकामा बिद्युक्त नहुदा स्थानियले समस्या भोग्दै आएका छन् ।

कोल्टी सबस्टेशन निर्माण भएर बिद्युक्त प्रवाह भएमा त्यस क्षेत्रका बासिन्दा अध्यारो बाट मुक्त हुने थिए । तर काम नै लथालिङ्ग रहेको स्थानिय रोशन बहादुर शाहीले वताएका छन् । उक्त परियोजना बारे बाजुराबासी तथा स्थानिय तह प्रशासन समेत बेखबर रहेका छन् । कोल्टीमा निर्माण हुन लागेको सबस्टेशन मात्र नभइ बाजुरामा निर्माण भइरहेका अन्य सबस्टेशन देखी बिद्युक्त लाइन बिस्तार समेत अस्तव्यस्त छ । बिद्युक्तका पोल तार तथा अन्य काम लथालिङ्ग अबस्थामा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार