
बाजुरा—बाजुरा जिल्लामा मंगलवार देखि दैनिक पाँच घण्टा राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा अवरुद्ध हुने भएको छ । भोलि अर्थात कात्र्तिक १८ गतेदेखि २१ गतेसम्म प्रत्येक दिन बिहान पाँच घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको हाे ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराले भोलि देखि हरेक दिन बिहान ६ः ३० देखि ११ बजेसम्म जिल्लाभर विद्युत अवरुद्ध हुने जानकारी दिएको छ । नेपाल विद्युत प्राधिकरण डोटीका अनुुसार डोटीको मौवामा रहेको ३३ के.भी. लाइन निर्माण कार्य हुने छ । त्यस्तै अछाम फिडरको पोलमा मौवा सबस्टेशनको लागि छुट्टै फिडर बनाउनु पर्ने भएकाले विद्युत अवरोध हुने जनाएको छ । उक्त अवधिभर ३३/११ के.भी पिपल्ला सबस्टेशनबाट प्रशारण हुने ३३ के.भी अछाम फिडर सटडाउन हुने हुँदा याँहा पनि विद्युत अवरोध हुने भएको हो ।
हेर्नुहाेस् सूचना ।

