शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा बस दुर्घटना अपडेट : तीस जना घाइते,चार जना धनगढी रिफर (पुरा बिवरण सहित)

बाजुरा बस दुर्घटना अपडेट : तीस जना घाइते,चार जना धनगढी रिफर (पुरा बिवरण सहित)

  • आइतवार, कार्तिक १७, २०८२
बाजुरा बस दुर्घटना अपडेट :  तीस जना घाइते,चार जना धनगढी रिफर (पुरा बिवरण सहित)

बाजुरा– मार्तडी कोल्टी सडकमा पर्ने बुढीनन्दा नगरपालिका-७ सेरकाटियामा शनिबार दिउँसो बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
कोल्टीबाट धनगढीका लागि छुटेको सुपप्र ०१–००१ ख ३१८१ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घाइते भएका २४ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । भने सात जनाको कोल्टी आधारभूत अस्पताल कोल्टीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायव उपरिक्षक गगनसिंह भाटले जानकारी दिएका छन् । बस दुर्घटनामा परी घाइते हुनेमा बसका सहचालक कञ्चनपुर भीमदत्त नगरपालिका माझगाउँ बस्ने गणेश जोशी, बुढीनन्दा नगरपालिका–७ का ५७ वर्षीय जय सुनार,सोही ठाउँकी १३ वर्षीय सन्ध्या सुनार,१२ वर्षीया सिमा सुनार,स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोट बस्ने ४५ वर्षीय मनी कामी,बुढीनन्दा नगरपालिका–५ छातीकोट बस्ने ७ वर्षीय लक्ष्मी मल्ल रहेको निमित्त प्रहरी नायव उपरिक्षक भाटले बताए ।
यस्तै घाइते हुनेमा बुढीगंगा नगरपालिका–९ जुवापानी बस्ने २२ वर्षीया पवित्रा सिंह,उहाकी छोरी २ वर्षीया छोरी जेनिशा सिंह,५ वर्षीया पल्ले सिंह,जेसिका सिंह रहेका छन् ।
यसैगरी बुढीनन्दा नगरपालिका– ७ सास्ता बस्ने ४० वर्षीया राममाया सुनार, सोही वडाकी ४५ वर्षीया इसरादेवी सुनार,हिमाली गाउँपालिका–५ रुगिन बस्ने १७ वर्षीय प्रकाश चदारा,स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका २३ वर्षीय विशाल शाही, बझाङको खप्तड छान्ना गाउँपालिका–५ बस्ने १८ वर्षीय पविन्द्र सिंह, बुढीनन्दा नगरपालिका–६ कोटिला बस्ने उमेश भाट रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्यस्तै स्वामीकार्तिक खापर गाउँपालिका–५ बस्ने १४ वर्षीय गगन महतरा,सोही गाउँका १८ वर्षीय रोशन महतरा,हिमाली गाउँपालिका–६ पाँडी बस्ने २६ वर्षीय गणेश भण्डारी, सोही गाउँपालिका–४ फैती बस्ने १७ वर्षीय फपिन्द्र सुनार,सोही वडामा बस्ने ५८ वर्षीय तुल सुनार र बुढीनन्दा नगरपालिका–६ बस्ने २० वर्षीय दिपेन्द्र भण्डारी सहित ३० जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
कोल्टीबाट धनगढीका लागि छुटेको बस सेरकाटियाको उकालोमा सामान राख्ने क्रममा एकाएक बस पछाडि गएपछि बस दुर्घटना भएको प्रतक्षदर्शीले बताएका छन ।
बस दुर्घटना पछि चालक भने फरार रहेका छन् । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस दुर्घटनामा परी घाइते भएका चार जनाको अवस्था गम्भीर भएकोले थप उपचारका धनगढी रिफर गरिएको छ । जिल्ला अस्पताल बजाुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि ४ जनालाई रिफर गरिएको छ । उनीहरुको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् । उनका अनुसार बस सहचालक गणेश जोशी, दना सुनार सहित चार जना रिफर गरिएको बताए ।

चर्चामा

सम्बन्धित समाचार